मदन पुरस्कार गुठीले पाल्पाकी लेखिका नीलम कार्की निहारिकलाई ‘योगमाया उपन्यास’ लाई मदन पुरस्कार प्रदान गरेको छ । मदन पुरस्कार गुठीले २०७४ सालमा प्रकाशित पुस्तकमध्येबाट मदन पुरस्कारका लागि योगमाया उपन्यास छनोट गरेको थियो ।
 
योगमाया साहित्यकार कार्कीले स्थलगत अध्ययन गरी लेखिएको उपन्यास हो । १९३० दशकमा भोजपुरको नेपालेडाँडा, सिम्ले गाउँमा जन्मिएकी योगमाया न्यौपाने सामाजिक आन्दोलनकर्ता हुन् । उनले निरंकुश राणाशासनको विरोध गरेकी थिइन् ।
 
अशिक्षित नेपाली समाजलाई संगठित गरी मर्न र मार्नसमेत तयार पारिन् । तिनै योगमायाबारेमा साहित्यकार कार्कीले स्थलगत अध्ययन गरी लेखिएको उपन्यास हो ’योगमाया’ । नीलम कार्की निहारिकाका दुई कवितासंग्रह, तीन कथासंग्रहका साथै अर्की आईमाई र चीरहरण उपन्यास प्रकाशित छन् । चीरहरणले २०७२ को पद्मश्री पुरस्कार पाएको थियो । 
 
मदन पुरस्कारकै सेरोफेरोमा उहाँसँग गरिएको कुराकानी
 
https://www.khullamanch.com/archives/12798