काठमाण्डौ स्थित सम्पूर्ण पाल्पालीहरु बीचमा एकता, समझदारी, भातृत्व र मैत्रीपूर्ण स्नेहको विकास गर्न काठमाण्डौमा रहेका पाल्पालीहरुबाट २०३८ असार १३ गतै बालाजुमा भेटघाट र पिकनिकको आयोजना भएको थियो । उक्त पिकनिकमा संगमको एक कार्यकारिणी गठन गर्न प्रस्ताव गरिएको थियो । सोही निर्णय अनुसार २०३८ असार २० मा अच्यूतराज रेग्मीको निवासमा प्रस्तावित पाल्पाली संगमको बैठक बसी कार्यकारिणी समितिको गठन गरिएको थियो ।