पाल्पाको कूल जनसख्याको झण्डै १० प्रतिशत अथवा ३० हजार जनसख्या काठमाण्डौमा रहेको अनुमान गरिन्छ । विभिन्न कारणले काठमाण्डौ प्रवेश गरेका पाल्पालीहरुको स्थायी बसोवास काठमाण्डौ भैसकेकोछ । विभिन्न पेशा व्यवसाय र अध्यनमा रहेका पाल्पालीहरुले २०३२ देखि अनौपचारिक छलफल र भेटघाटवाट शुरु भएको संगम बनाउने पहल अन्तत २०३८ सालमा विभिन्न उद्धेश्य राखेर पाल्पालीहरुको सामूहिक संस्था पाल्पाली संगमको गठन गरेका थिए । यसलाई २०४७ सालमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा विधिवत दर्ता गरिएको थियो । यसले आफनो प्रकाशनको रुपमा पाल्पा दर्पण २०३९ साल देखिनै प्रकाशन गर्न लागेको हो ।

हाल सम्मद दर्पणका ७ वटा अकं प्रकाशन भएका छन् । संगमले बेलाबखत विभिन्न सामाजिक कृयाकलाप गर्दै आएकोछ । हाल संस्थाले रु १००० शुल्क लिएर आजिवन सदस्यता प्रदान गर्ने र साधारण सभामा आजिवन सदस्यहरुको सहभागिता गराउने नीति लिएका कारण १८७ जना सदस्यले आजिवन सदस्यता लिनु भएकोछ । यो सख्या बढ्दोछ । संस्थामा ३ जना सदस्यले संरक्षक सदस्यता ग्रहण गर्नु भएकोछ ।