पाल्पाली संगमको स्थापना गनुको उद्धेश्य निम्न प्रकार रहने निर्णय गरिएको थियो ।

  • पाल्पा जिल्लाका बयोबृद्ध, कला, संस्कृति, साहित्य र शिक्षामा योगदान दिनुभएको व्यक्तिहरुको अभिनन्दन समारोह गर्ने ।
  • पाल्पाका कलाकारहरुमध्ये बाट कला प्रर्दशनीको आयोजना गर्ने
  • चलचित्र तथा सास्कृतिक कार्यक्रम गर्ने ।
  • साहित्यको विकाशको लागि बेला बेलामा साहित्यिक कार्यक्रम गर्ने ।
  • एउटा साहित्यिक संकलन (पाल्पा दर्पण) प्रकाशन गर्ने ।
  • पाल्पा जिल्लाबाट आउने बिशिष्ट महानुभावको प्रवचन कार्यक्रम राख्ने ।
  • पाल्पाली डाक्टरहरुबाट निशुल्क जाच र सरसल्लाह दिलाउनको लागि व्यवस्था गर्ने ।
  • पाल्पालीहरुको लागि पाल्पालीहरुबाट ब्लड बैंङ्कको स्थापना गरी आवश्यक परेको बेला ब्लड दिलाउने व्यवस्था गर्ने ।
  • पाल्पा जिल्लाबाट काठमाण्डौ आएर बेखर्ची भएका मानिसहरुलाई घरसम्म पुग्न खर्चको व्यवस्था गर्ने ।
  •  प्रत्येक तीन तीन महिनामा साहित्यिक कार्यक्रम संचालन गर्ने ।
  • पाल्पाको विशिष्ट व्यक्ति तथा समाजसेवी साहित्यकारहरुको मृत्यु भएमा शोक सभाको आयोजना गर्ने ।