पाल्पाली संगमले पाल्पाको समग्र विकास, कला, संस्कृति, साहित्य र पर्यटन प्रवद्र्धनका लागि कृयाशिल रहँदै आएको छ । यस संस्थाले पाल्पाली साँस्कृतिक महोत्सव, स्वास्थ्य शिविर, पाल्पा दर्पण प्रकाशन, पुरातात्विक महत्वका क्षेत्रहरुको विकासमा छलफल, पाल्पाको समग्र विकासमा नियमित नेपाल सरकारलाई आफ्ना सुझाव पेश जस्ता कृयाकलापहरु संचालन गर्दै आएको छ । पाल्पाको तेल्घा गुँरासडाँडामा प्रतिष्थापन गरिने गणेश मुर्ति र त्यस क्षेत्रलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास गर्ने अभियानको काठमाडौंमा संयोजनको काम पाल्पाली संगमले गरेको छ । 

पाल्पा जिल्ला कला साहित्य, संस्कृति तथा पर्यटनका हिसावले नेपालको अग्रणी जिल्लाको रुपमा रहेको छ । यो कला साहित्य, संस्कृतिका दृष्टिकोणले विविधताको जिल्ला हो । नियमित रुपमा आन्तरिक र बाह्य पर्यटकहरुलाई स्वागत र सत्कार गर्ने पाल्पाको पर्यटन प्रवर्धन र विकासका लागि विभिन्न प्रयासहरु भई रहेका छन् । पाल्पाका प्राकृतिक, ऐतिहासिक, साँस्कृतिक, धार्मिक क्षेत्रहरुको विकास र प्रवर्धनले पाल्पाको पर्यटनमा सहयोग पुग्न सक्दछ । 
पाल्पाली कला संस्कृतिको चर्चा गर्दा पाल्पा जिल्लामा बिशेष गरी झ्याउरे, मारुनी÷सोरठी, ठूलोनाच, कौडा, ख्याली÷भजन, वालन, लाखे आदि जस्ता कला संस्कृतिहरु प्रमुख रहेका छन् । यी संस्कृतिहरु पाल्पाको लागि बिशिष्ठ पहिचान हुन भने आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि समेत महत्वपूर्ण भूमिका खेलेका छन् । बढ्दो आधुनिकता र व्यवसायिकताका कारण यस्ता कला संस्कृतिहरु केही अवस्थामा लोपोन्मूख अवस्थामा पनि  रहेका छन् । 
पाल्पाली कला, संस्कृति र साहित्यको प्रवर्धन, पाल्पालीहरुविच पुनर्मिलन तथा पाल्पाली उत्पादनहरुको प्रचार प्रसारका लागि काठमार्डौमा विभिन्न खालका कार्यक्रमहरु पाल्पाली संगमले गरिरहेको छ । पाल्पा र पाल्पालीहरुका लागि विभिन्न क्षेत्रमा अवसर र संभावनाहरुको खोजी र सृजना गर्नका लागि पाल्पाली संगम कृयाशिल छ । 
यसै सन्दर्भमा २०७३ असोज १ गते काठमाडौमा पाल्पाली पर्यटन, कला, संस्कृति र साहित्यको प्रवर्धन, पाल्पाली चुकाउनी, हासको छोइला, बारा, सेल लगायतका विभिन्न खानाहरुको प्रवर्धन, पाल्पालीहरुविच पुनर्मिलन तथा पाल्पाली उत्पादनहरुको प्रचार प्रसारका लागि एकदिने पाल्पा महोत्सव २०७३ आयोजना गरियो । 
 
२. महोत्सवको मुख्य उद्देश्य
पाल्पाली कला, संस्कृति,  साहित्य र पाल्पाली खानाको प्रवद्र्धन गर्ने ।
पाल्पाली स्थानिय उत्पादनहरुको प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने ।
पाल्पामा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनका लागि प्रचार प्रसार गर्ने ।
कार्यक्रमका सहभागीहरु विच मनोरञ्जनका साथसाथै आपसी शान्ति, सद्भाव र भाइचाराको विकास गर्ने ।
 
३.पाल्पा महोत्वस २०७३ मुल आयोजक समिती
सल्लाहकारहरु ः माधव प्रसाद घिमिरे, कुवेर सिंह राना, यज्ञ प्रसाद शर्मा, प्रा.डा. विष्णु खनाल, वावुराम पाण्डे, आरती कार्की
संयोजक ः रुद्रनाथ बस्याल
सदस्य ः ढुण्डीराज पोख्रेल, पदम न्यौपाने, यम बहादुर झेडी, विष्णु ब. खत्री, यज्ञराज अर्याल,
थानेश्वर बस्याल, सुरेन्द्र थापा, माधव पाण्डव खत्री, प्रसाद आचार्य, विना भट्टराई काफ्ले, हुमा
पाण्डे, पिताम्वर बस्याल, विज्ञान घिमिरे, लक्ष्मण पौडेल, सेमन्तमणी खरेल, केशव आचार्य, मोहन
पौडेल, दुर्गा रायमाझी, पाल्पा सम्वद्ध सबै संस्थाहरु
 
४. महोत्सव कार्यक्रमको विस्तृत विवरण ः
कार्यक्रम ः पाल्पा महोत्सव —२०७३
कार्यक्रम स्थल ः भृकुटीमण्डप, काठमाडौं 
मितीः २०७३ असोज १ गते, शनीवार
समयः विहान ११ बजेदेखि बेलुकी ७ ः०० बजेसम्म
अध्यक्षता ः रुद्रनाथ बस्याल, अध्यक्ष पाल्पाली संगम
प्रमुख अतिथी ः माननिय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीबन वहादुर शाही
विशिष्ट अतिथी ः माननिय साँसद हरी प्रसाद नेपाल, पाल्पा
पुर्व गृह तथा परराष्ट्र मन्त्री माधव प्रसाद घिमिरे
पुर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मोहनमान सैजु 
अतिथी ः राजनीतिक दलका नेता, पाल्पाली संगमका पुर्व अध्यक्षहरु, सल्लाहकारहरु, नेपाल सरकारका विशिष्ट कर्मचारीहरु, विभिन्न क्षेत्रसँग सम्वन्धित विशिष्ट व्यक्तित्वहरु, पाल्पा सम्वद्ध संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु 
स्वागत ः ढुण्डीराज पोख्रेल, उपाध्यक्ष, पाल्पाली संगम
सम्मानित व्यक्ति तथा संस्थाको जानकारी ः उपाध्यक्ष पदम न्यौपाने , पाल्पाली संगम
छात्रबृत्ति कार्यक्रमको जानकारी ः सचिव यज्ञराज अर्याल, पाल्पाली संगम
कार्यक्रमको आम्दानी वारेमा जानकारी ः कोषाध्यक्ष थानेश्वर बस्याल, पाल्पाली संगम
कार्यक्रम सञ्चालन ः सचिव विष्णु ब. खत्री, पाल्पाली संगम
साँस्कृतिक कार्यक्रम सञ्चालन ः दुर्गा रायमाझी, अध्यक्ष सहयात्रा पाल्पा
 
(क) राष्ट्रिय तथा पाल्पाली कलाकारहरुबाट साँस्कृतिक कार्यक्रम
पाल्पा महोत्सवमा दुर्गा रायमाझी, बद्री पंगेनी, सुनिल कोइराला, इन्द्र जिसी, शिरिष देवकोटा, पे्रम गैरे, हुम गैरे, अमृत अधिकारी, लक्ष्मण पौडेल, कल्पना देवकोटा, भिम लम्तरी लगायतका पाल्पाली तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको थियो । कार्यक्रममा मयुर नृत्य, कौडा नृत्य लगायतका नृत्यहरु प्रस्तुत गरिएको थियो । लोक गीत र नृत्य मार्फत दर्शकले भरपुर मनोरञ्जन प्राप्त गर्ने अवसर पाएका थिए ।
 
(ख) पाल्पाली उत्पादनहरुको प्रदर्शन
महोत्सवका अवसरमा पाल्पाको ढाका, करुवा, कफी लगायतका उत्पादनहरुको प्रवर्धन तथा विक्री गरिएको थियो । 
 
(ग) पाल्पाली खानाहरुको स्टल
चुकाउनी, सेल रोटी, बटुक, हाँसको छोइला लगायतका पाल्पाली खानाहरुको स्टलहरु महोत्सवको आकर्षण रहेको थियो । खाना स्टलहरु नेपाल मगर संघ पाल्पा काठमाडौ समिति र पाल्पाका विभिन्न व्यवसायीहरुको संयोजनमा व्यवस्थापन गरिएको थियो । 
 
(घ) पाल्पाको पर्यटन, ऐतिहासिक क्षेत्रहरु, धार्मिक तथा साँस्कृतिक क्षेत्रहरुको फोटो प्रदर्शनी
महोत्सवमा फोटो पत्रकार टेकनारायण भट्टराईले खिच्नु भएका पाल्पा र यस क्षेत्रको पर्यटन, ऐतिहासिक क्षेत्रहरु, धार्मिक तथा साँस्कृतिक क्षेत्रहरुको फोटो प्रदर्शनी आयोजना गरिएको थियो । फोटो प्रदर्शनीमा पाल्पाका महत्वपुर्ण फोटोहरुको विक्री पनि गरिएको थियो । 
 
(ड) रक्तदान कार्यक्रम
महोत्सवका अवसरमा रक्तदान जीवनदान भन्ने भावनाका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । यस अवसरमा ३४ जनाले रक्तदान गर्नुभएको थियो । रक्तदान कार्यक्रममा पाल्पाली अभिनेता धिरेन शाक्य, पाल्पाली संगमका उपाध्यक्ष पदम न्यौपाने, सदस्य सुरेन्द्र थापा, पाण्डव के सी लगायतले सहभागिता जनाउनु भएको थियो । 
 
(च) उच्च शिक्षाका लागि छात्रबृत्ति घोषणा
पाल्पाबाट काठमाडौ आइ उच्च शिक्षा हासिल गर्ने करिव पन्ध्र जना विद्यार्थीका लागि पेन्टागन कलेज, स्किम कलेज, के एण्ड के र काठमाडौ मोडेल कलेजले पाल्पालली संगममार्फत उच्च शिक्षाका लागि छात्रबृत्ति उपलब्ध गराउने घोषणा गरिएको छ । सो सम्वन्धी जानकारीको सार्वजनिक यसै महोत्सवमार्फत गरिएको छ । यसबाट पाल्पाबाट काठमाडौ आई अध्ययन गर्ने जेहेन्दार विद्यार्थीका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
 
(छ) पाल्पाको विकासमा योगदान पुर्याउने संस्था तथा व्यक्तित्वहरुको सम्मान 
पाल्पाको विकास र समृद्धिमा योगदान पुर्याउने निम्न व्यक्ति र संस्थाहरुलाई महोत्सवका अवसरमा सम्मान गरियो । 
 
अ) बौघा गुम्हा होम स्टे समिति, वौघागुम्वा गाउ विकास समिति, पाल्पा ः 
पाल्पामा पहिलो पटक मगर होम स्टे प्रारम्भ गरी जिल्लामा थप पर्यटक भित्राएको र जिल्लामा विस्तार गर्न मद्धत गरेको ।  
 
आ) लक्ष्मी प्रसाद ज्ञवाली र लक्ष्मी ज्ञवाली ः 
निजि लगानीमा नवलपरासीको राकाचुली गाविसको वोतासावाट पाल्पाको मित्याल सम्म २६ किमी मोटरवाटो निर्माण गरी पूर्वी पाल्पाको आर्थिक तथा सामाजिक विकासमा योगदान गरेको । 
 
इ) जापानी नागरिक काजुमासा काकीमी (वोलीचालीमा ओके वाजे) ः 
पाल्पाको पुर्वि क्षेत्रमा विगत २२ वर्षदेखि शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका  आवश्यकता अनुरुपका क्षेत्रमा जापानी नागरिकहरुको तर्फवाट लगानी गरि समाज सेवा गर्दै आएको र समाज रुपान्तरणमा ठूलो योगदान गर्दै आएको । 
 
ई) महामृतुन्जय शिवासन क्षेत्र विकास समिति , बरागंदी पाल्पा ः 
वार्षीक ३ लाख भारतीय र्र्धािमक पर्यटक भित्रयाउने लक्ष्य सहित पाल्पामा ठूलो शिव मुर्ति स्थापना गरेर पाल्पामा धार्मिक पर्यटन विकासमा थप योगदान गरेको । विभिन्न देशमा काम गरिरहेका ११ जना पाल्पालीको समूह । 
 
उ)  सम्पदा प्रतिष्ठान पाल्पा ः 
२०७१ साल देखि पाल्पामा पाल्पा संग्राहलय स्थापना गरी सञ्चालनमा ल्याएको । सांस्कृतिक तथा ऐतीहासीक महत्वका १००० भन्दा बढी सामाग्री संकलन । पाल्पामा संग्राहलयको अवधारणालाई मजवुति बनाउन योगदान गरेको र धार्मिक पुस्तकालयको स्थापनालाई समेत लक्ष्य बनाएको । यसका कारण पनि पाल्पामा आन्तरिक तथा वाह्रय पर्यटक बढाउन मद्धत गरेको छ । 
 
उ) केशव कार्की, युवा कृषक, युवा उद्यमी ः 
नेपालमा जापानी च्याउ (सिताके) को व्यवसायीक विस्तार गरी युवाहरुलाई आत्म निर्भर बनाउने भियान सञ्चालन गर्दै आएका । विशेषगरी लुम्विनि अञ्चलमा यसको सफल कार्यान्वयन गरेका । जिल्ला स्तरिय युवा कृषक पुरस्कार(२०७२) र क्षेत्रिय युवा उद्यमी कृषक पुरस्कार (२०७३) प्राप्तकर्ता । सजिवनको तेलवाट गाडि चलाएर पेट्र्रोलियम पदार्थको विकल्प छ भन्ने उदाहरण प्रस्तुत गरेको । 
 
ए) नमस्ते पाल्पा परिवार, दक्षिण कोरिया ः
सिदार्थ राजमार्गको वुटवल तानसेन खण्डका विभिन्न सडक घुम्तीहरुमा ३१ स्थानमा कन्भेक्स मिरर राखेर दुर्घटना न्यूनीकरणमा योगदान गरको । कोरियामा रहेका ७० जना पाल्पाली युवाहरुको समूह । 
 
ऐ) केशव स्थापीत, पुर्व मेयर, काठमाडौं ः 
पाल्पाको आध्यात्मीक तथा धार्मीक पर्यटक बढाउने लक्ष्य र पाल्पाको तेल्घा गाविस स्थित गुफा डाँडामा (१५५० मिटर उचाईको लेकमा रहेको खाली चौरमा स्थापना ) नयाँ विकास अवधारणामा विकास गर्ने गरी साढे अठार फिट अग्लो श्री गणेश र्मुिर्त प्रदान गर्नु भएका काठमाण्डौ महानगरपालीकाका पुर्व मेयर । 
 
ओ) पाल्पामा जन्मी विशिष्ट स्थानमा रहने व्यक्तित्वहरुलाई बधाई तथा शुभकामना ः 
   अ) डा. चिरन्जीवी नेपाल ः गभर्नर, नेपाल राष्ट्र वैंक 
   आ) नारायण गोपाल मलेगो ः सचिव नेपाल सरकार 
   इ) राजेन्द्र नेपाल ः सचिव नेपाल सरकार
   इ) शान्त कहादुर श्रेष्ठ ः सचिव नेपाल सरकार
   उ) रमेश शेखर बज्राचार्य ः अतिरिक्त प्रहरी महानिरिक्षक , नेपाल प्रहरी
   उ) गणेश प्रसाद अधिकारी ः सहायक अनुसन्धान निर्देशक 
 
 
 
(ज) पाल्पाको प्रवर्धनका लागि टि सर्ट 
पाल्पाको पर्यटन प्रवर्धनका लागि पाल्पा रानीमहल र तानसेन दरवार प्रिन्ट गरिएको टि सर्ट तयार गरी महोत्सवका अवसरमा विक्री वितरण गरिएको थियो र यो टि सर्ट विक्री क्रम निरन्तर चलिरहने छ । 
 
५. कार्यक्रमको उपलब्धी ः 
कार्यक्रममा करिव पन्ध्र हजार भन्दा बढी विशिष्ट पाहुनाहरु र दर्शकहरुको उपस्थिती रहेको थियो । यसबाट पाल्पाको पर्यटन प्रवर्धनमा योगदान पुगेको छ ।
काठमाडौमा यस आयोजित पाल्पा महोत्सवले काठमाडौमा पाल्पाको पर्यटन प्रवर्धनका लागि सहयोग पुगेको छ । 
प्रमुख अतिथी माननिय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीबाट पाल्पामा एयरपोर्टको सम्भाव्यता अध्ययनका लागि प्रतिवद्धता जनाइएको छ ।
पाल्पाको उत्पादन र खानाको स्टलहरु लगायतका विभिन्न कार्यक्रमहरुमार्फत व्यापार व्यवसाय र उत्पादन विक्री वितरणमा अभिवृद्धि भएको छ ।
पाल्पा र पाल्पालाई माया गर्ने विभिन्न व्यक्ति व्यक्तित्वहरुविच परिचय, भेटघाटको अवसर जुटेको छ ।
महोत्सवको प्रचार प्रसारका क्रममा आयोजना गरिएको पत्रकार सम्मेलन, अडियो, भिडियो प्रोमो, महोत्सवसँग सम्वन्धित समाचारहरु र सामाजिक सञ्जालहरुमार्फत पाल्पाको पर्यटन प्रवर्धनमा योगदान पुगेको छ ।
नेपाल पर्यटन बोर्ड, विभिन्न नीजि क्षेत्र, शैक्षिक संस्था, सामाजिक संस्था र पाल्पालाई माया गर्ने व्यक्तिहरुसँग सहकार्यताको विकास भएको छ । 
पाल्पाली संगमको नेतृत्वमा पाल्पा सम्वद्ध सबै संस्थाहरु मुल आयोजक समितीमा रही महोत्सव सम्पन्न भएको छ । पाल्पाली संगमले पाल्पा सम्वद्ध संस्थाहरुविच संयोजक, सहकार्यता र नेतृत्वदायी भुमिका निर्वाह गरेको छ ।