पाल्पा  पाल्पा साहित्य समाज पाल्पाली संगम साहित्य विभाग काठमाडौंको संयुक्त आयोजनामा भर्चुअल कवि गोष्ठी भएको   बन्दाबन्दीका बेला नेपाली साहित्यको श्रीवृद्वि गर्ने उद्देश्यले भर्चुअल कवि गोष्ठी आयोजना गरिएको पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीले बताए 

गोष्ठीमा काठमाडौंबाट गोपीकृष्ण शर्मा,भागिरथी श्रेष्ठ, प्रा.डा. सावित्रा कक्षपति, अजम्वरध्वज खाती, शान्त शाक्य, विनोद नेपाल, कमला देवकोटा, नैना ढकाल, मञ्जु ढकाल, जनार्दन अधिकारी सीता विष्ट कार्की (सीविका)को सहभागिता रहेको थियो  त्यस्तै गोष्ठीमा पाल्पाबाट राजेन्द्र गोपाल सिंह, पुष्कर अथक रेग्मी, महेन्द्र पन्थी, पुरुषोत्तम अर्याल, कमल खत्री, शालिकराम पाण्डे, चन्द्रकान्त न्यौपाने, गोविन्द खनाल, जानका नेपाल सुशिला नेपाल, विष्णु पन्थ, गंगा अर्याल शुभेच्छा अर्याल लगायतको सहभागिता रहेको थियो  सहभागी श्रष्टाहरुले कविता, गीत, गजल, दर्शन वाचन गरेका थिए  सिर्जना कोरोना नियन्त्रण, देशको मर्म, सामजिक विकृति, विसंगती, समसामयिक, एवं व्यङ्यात्मक रहेका थिए 

गोष्ठीको शुभारम्भमा पाल्पा साहित्य समाजले रजत महोत्सवको भिडियो प्रदर्शन गरेको थियो  गोष्ठीमा प्रमुख अतिथि तथा वरिष्ठ साहित्यकार गोपीकृष्ण शर्माले भोर्चुअल कार्यक्रम आफैमा प्रशंसनिय रहेको भन्दै पाल्पाली संगम पाल्पा साहित्य समाजले गरेको संयुक्त कवि गोष्ठी ऐतिहासिक दस्तावेजको रुपमा रहने बताए  उनले इन्टरनेटको माध्यमबाट जमघट भई गोष्ठीमा सहभागी हुन पाउँदा जीवनको उत्तराद्र्धमा साहित्यको अर्को युगमा प्रवेश गरेकोमा खुसी प्रकट गरे  विशिष्ट अतिथि पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले काठमाडौं