प्राध्यापक डा.भवेश्वर पंगेनी - 
 
परिचय
पाल्पा जिल्लाबाट विभिन्न सन्दर्भमा काठमाडौँ आएका पाल्पालीले एउटा साझा चौतारीको निर्माण गरेका हुन् ‘पाल्पाली सङ्गम’ । सङ्गमका कतिपय सदस्य एवम् शुभचिन्तकहरूको सम्बन्ध सफल एवम् प्रतिष्ठित व्यवसायी पाल्पा जिल्लाको भैरवस्थान नजिक ‘काभ्रे’ मा जन्मेका स्व.नूरप्रताप राणा तथा उहाँकी धर्मपत्नी सङ्गीत साधक एवम् समाजसेवी स्व.गङ्गा राणासँग भेटघाट भएको थियो । यसै भेटको परिणाम सङ्गमको आयोजनामा भएको एउटा कार्यक्रममा खासगरी पाल्पा जिल्ला तथा तत्कालीन लुम्बिनी अञ्चलका साहित्य, संस्कृति, शिक्षा तथा कलाका क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई सम्मान एवम् पुरस्कृत गर्ने उद्देश्यका साथ ‘नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी’ को घोषणा भएको थियो । प्रस्तुत लेखमा ३७ वर्ष पहिले २०३८ सालमा गठन भएको ‘पाल्पाली सङ्गम’ तथा त्यसको एक दशकपछि २०४९ सालमा गठन गरिएको ‘नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी’ गठनका सन्दर्भमा संक्षेपमा प्रकाश पार्ने काम भएको छ ।
 
पाल्पाली सङ्गम
 
स्थापना
भौगोलिक, प्रशासनिक, आर्थिक, सांस्कृतिक एवम् सामरिक÷सैनिक दृष्टिबाट सेनकालीन पाल्पा राज्यले बाइसी, चौवीसी राज्यहरूमा मात्र नभएर तीन मल्ल राज्य काठमाडौँ उपत्यकामासमेत उल्लेख्य हैसियत राख्दथ्यो । पाल्पा राज्यको सोही हैसियतका कारण चलाख ‘नायब’ बहादुर शाहले पाल्पाली राजकुमारीसँग वैवाहिक सम्बन्ध गाँसेका मात्र नभएर महाकाली पारी कुमाउँ र गढवालसम्म विजय गरे तापनि पाल्पा राज्यलाई आफ्नो प्रत्यक्ष नियन्त्रणमा लिने हिम्मत गर्न नसकेका हुन् । उनीपछि मुख्तियार रणबहादुर शाहको समयमा धोकाद्वारा सेन राज्य पाल्पालाई नियन्त्रणमा लिइएको हो । फलस्वरूप वि.सं. १९६१ सालदेखि पाल्पा स्वतन्त्र सेन राज्यका रूपमा नरहेर नेपालको एउटा गौंडा (जिल्ला) का रूपमा रूपान्तरण भयो । यति भए तापनि पाल्पा गौंडा÷जिल्लाले कास्की, मुस्ताङ्ग तथा चितवनदेखि पश्चिम समस्त नेपालको आर्थिक, सैनिक, प्रशासनिक एवम् राजनीतिक गतिविधिमा निरन्तर उल्लेख्य भूमिका निर्वाह गर्दैरह्यो । मुलुकलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरेपछि भने यसको दायित्व पाल्पाभित्रमात्र सिमित रहन गयो । यद्यपि केन्द्रीय प्रशासनमा पाल्पालीको हैसियत भने उल्लेख्य नै रह्यो । 
यसै पृष्ठभूमिमा राजधानी काठमाडौँमा प्रशासक, व्यवसायी, प्राध्यापक, डाक्टर, विद्यार्थीलगायत पाल्पालीको ठूलै बसाई रहेको थियो जुन वर्तमानमा झनै विस्तार भएको पाइन्छ । जति ठूलो संख्यामा भए तापनि यहाँ बस्ने पाल्पालीबीच भने सामुहिक रूपमा भेटघाट हुने वातावरण बन्न सकेको थिएन । अझ भनुँ भने काठमाडौमा रहेका पाल्पालीमा व्यक्तिगत सम्पर्कका बाहेक सानिध्यताको अभाव रह्यो । कुनै व्यक्ति, परिवारमा खुसी एवम् दुःख परेमा पनि सामुहिक रूपबाट संलग्न हुने अवस्था रहेन । 
यसैबीच संयोगवस केही दुर्घटना हुन पुगेछ । जसमा वर्षाैंदेखि निरन्तर रूपमा शिक्षाको ज्योति बाल्दै पाल्पालीहरूमाझ शैक्षिक चेतना बढाउन मद्दत गरेका शिक्षा मार्गका अखण्ड तपस्वी बोहरा माष्टर (भूपेन्द्रजंग के.सी.); संगीतकार, गीतकार तथा आधुनिक गायनका क्षेत्रमा पाल्पाको पहिचानलाई उँचो राख्ने कार्यमा उल्लेख्य योगदान पु¥याएका गायक मित्रसेन विश्वकर्मा; पिछडिएको अवस्थाबाट पनि माथि उठेर पाल्पाली लोकगीतको क्षेत्रमा गायकको हैसियतले ख्याति प्राप्त गर्न सफल जनप्रिय गायक पूर्णसिंह नेपाली तथा पाल्पा तानसेनमा बसेर लामो समयदेखि औषधोपचारका माध्यमबाट सेवा पु¥याउँदै आएका डा.महेन्द्र प्रधानकी श्रीमती चिनियाँदेवी प्रधानको असामयीक देहावसान भएछ । विभिन्न समयमा हुन गएका यस्ता दुःखद घटनाका सम्बन्धमा जानकारी गराउन सक्ने कुनै संयन्त्र बनाउन सकेको भए यहाँ रहेका पाल्पालीले कमसेकम पिडायुक्त परिवारको मनमा समवेदनाको मलम लगाउन त सक्ने थिए होला । अर्काे पाटो जस्तो देखिने कतैबाट सूचना पाएका कारण शल्यक्रियाका क्रममा वीर अस्पतालमा बसेका कौशलबहादुर खाती एवम् आफ्नी आमाको उपचारका क्रममा संजोगले भेटिएका पाल्पा, ढुङ्गानाबेसी (?) का ठाकुरप्रसादहरूले कतिपय पाल्पालीको सहयोग र सन्त्वनाबाट आत्मीय रूपमा उपचार गर्ने अवसर मिलेको रहेछ ।
प्रतिनिधि घटनाका रूपमा रहेका यी घटनामा जो सुकै पात्र भए तापनि सबै पाल्पाली थिए र कमसेकम काठमाडौँमा बस्ने पाल्पाली बन्धुहरूसँग परिचय हुने परिवेश नमिलेकाले आफ्नै बन्धुबान्धवबाट सहयोग, सानिध्यता तथा समवेदनाका दुई शब्दहरूबाटसमेत बञ्चित हुनु परेको थियो ।
संयोग पाल्पाली अग्रज हरिप्रसाद भट्टराईकी सुपुत्रीको शुभ विवाहमा सम्मिलित पाल्पाली सुहृज्जनमा माथिका घटनाबाट अनुभव प्राप्त गरी पाल्पालीलाई भेटघाट गराउने एउटा साझा चौतारीको आवश्यकताको बोध हुनगयो । यो विवाह नै ‘पाल्पाली सङ्गम’ नामक चौतारी गठनको अवसर जुरेको कुरा स्व.कमलराज रेग्मीले उल्लेख गरेका छन् (कमलराज रेग्मी, ‘पाल्पाली संगम’, पाल्पा दर्पण, वि.सं. २०३९, पृ. २–४,१०२) 
पाल्पालीहरूको साझा मञ्चको आवश्यकता महशूस भएर नै काठमाडौँ स्थित सम्पूर्ण पाल्पालीहरू बीचमा एकता, समझदारी, भातृत्व र मैत्रीपूर्ण स्नेहको विकास गर्न काठमाडौँमा रहेका पाल्पालीहरूबाट २०३८ साल असार १३ गतेका दिन बालाजुमा भेटघाट र पिकनिकको आयोजना गरिएको रहेछ । सोही पिकनिकमा सार्वजनिक रूपमा ‘पाल्पाली सङ्गम’ को कार्यकारिणी गठन गर्ने प्रस्ताव गरियो । यद्यपि लिखतहरूमा मितिका सम्बन्धमा भने केही अलमल परेको देखिन्छ । जस्तो पाल्पाली सङ्गमको पहिलो प्रकाशन ‘पाल्पा दर्पण’ मा ‘...श्री अच्यूतराज रेग्मीको निवासस्थानमा २० असार, २०३९ मा पाल्पाली संगमको बैठक बसी कार्यकारिणी समितिको गठन गरिएको थियो...’ उल्लेख छ (पृ. १६६) तर, दोस्रो प्रकाशनमा सो मितिभन्दा पहिले नै गठन भएको यस प्रकार देखिन्छ;
ड्ड २०३९ साल वैशाख महिनामा नै ‘पाल्पा दर्पण’ को प्रकाशन भइसकेको थियो । सङ्गमका पदाधिकारीको विवरण, २५ विभिन्न लेखहरूको संलग्ता एवम् वार्षिक प्रतिवेदनसमेत संलग्न गरिएको ‘पाल्पा दर्पण’ पाल्पाली सङ्गम गठन नहुँदै प्रकाशित भएको हो भन्न मिल्दैन । 
 
ड्ड पाल्पा दर्पणमा प्रकाशित ‘वार्षिक प्रतिवेदनमा’ स्पष्ट रूपमा ‘...पाल्पाली संगमको विभिन्न वैठकमा गरिएका निर्णय निम्न प्रकार छन्...’ उल्लेख गरी ११ निर्णयहरूलाई संलग्न गरिएको र
ड्ड पाल्पा दर्पणको दोस्रो अङ्क २०४० साल फागुन महिनामा प्रकाशित भइसकेको देखिन्छ । ‘पाल्पाली संगमको गठन’ शीर्षकमा ‘...काठमाडौँमा बस्ने पाल्पालीहरूलाई वनभोजको माध्यमबाट समागम हुनेगरी पाल्पाली बृहद् भेला काठमाडौँको बालाजु उद्यानमा २०३८ साल आषाढ १३ गते शनिवारको दिन आयोजना गरियो । २०३८ साल आषाढ २३ गतेको पाल्पालीहरूको बृहद् भेलाबाट पाल्पालीलाई सधैं जमघट गराउने कुराको सम्मति भएअनुसार यस प्रकृयालाई केही स्थायित्व दिन बृहद् भेलाको अनुमोदन र सम्मती अनुसार यौटा साधारण सभा गठन भयो र सो साधारण सभाले डा.युगलकृष्णको अध्यक्षतामा यौटा कार्यकारिणी समिति गठन गरेको थियो । सो कार्यकारिणीको अवधि साधारणतया एक वर्षकोमात्र हुनेहुँदा मिति २०३९÷८÷२६ मा पुल्चोक भूतपूर्व सैनिक संगठनको प्राङ्गणमा पाल्पालीहरूको दोस्रो बृहद् भेलाले पुरानो कार्यकारिणीलाई विघटन गरी पुनः निम्नलिखित व्यक्तिहरूलाई साधारण सभाको सदस्यहरूमा नाम अनुमोदन ग¥यो र यस साधारण सभाले पनि यौटा कार्यकारिणी गठन ग¥यो...’ उल्लेख गरिएको छ (पृ.५–६) ।
उल्लिखित घटनाका आधारमा सङ्गमको गठन २०३९ सालमा नभएर २०३८ सालमा नै भएको स्पष्ट हुन्छ । जहाँसम्म पाल्पा दर्पणको पहिलो अङ्कमा उल्लेख गरिएको वर्ष अर्थात ‘२०३९ साल’ मुद्रा राक्षसका कारण आएको हुनुपर्दछ । जहाँसम्म कुन दिन गठन भएछ भन्ने सन्दर्भ हो, पाल्पा दर्पणको पहिलो तथा दोस्रो दुवै अङ्कहरूमा असार महिना उल्लेख भएकाले महिनामा भने कुनै दुविधा भएन । पहिलो अङ्कले असारको २० गते र दोस्रोले असारको २३ गते उल्लेख गरेकाले निश्चित दिन किटान गर्न अप्ठेरो परे तापनि सङ्गम २०३८ साल असार महिनामा स्थापना भएको कुरामा कुनै दुविधा हुँदैन । 
जे होस् २०३८ साल असार महिनाको तस्रो हप्तामा अच्युतराज रेग्मीको निवासस्थानमा पाल्पाली सङ्गमको पहिलो कार्यकारिणी समिति गठन गरिएको स्पष्ट हुन्छ । सो पहिलो समिति यस प्रकार थियोे;
 
अध्यक्ष–डा.युगलकृष्ण मल्ल
उपाध्यक्ष द्वय–गोपीकृष्ण शर्मा र ईश्वरीराज रेग्मी
महासचिव–विष्णुप्रसाद बस्याल
सचिव– मधुकर देवकोटा
कोषाध्यक्ष–जगदीश गौतम
सदस्य–श्रीकृष्ण श्रेष्ठ, देवराज ढकाल, शिवभक्त शर्मा, गणेश खनाल, ठाकुरप्रसाद कोइराला, रामप्रसाद शर्मा, रामप्रसाद भट्टराई, रामप्रसाद श्रेष्ठ, डा.हरिहरदेव पन्त, भागीरथी श्रेष्ठ, ज्ञानु मल्ल, बेटीदेवी बज्राचार्य, सावित्री कक्षपति र नैना नेपाल
 
सल्लाहकार–डा.यादवप्रसाद पन्त, कमलराज रेग्मी, अच्यूतराज रेग्मी, डा.मोहनमान सैंजू, अयोध्याप्रसाद प्रधान र डा.केशरजंग रायमाझी 
 
सङ्गमको उद्देश्य
स्थापनाका बखत सङ्गमका माध्यमबाट पाल्पालीले काठमाडौँमा बसेर देहायका प्रमुख काम गर्ने उद्देश्य राखेको देखिन्छ;
पाल्पा जिल्लाका बयोवृद्ध, कला, संस्कृति, साहित्य र शिक्षामा योगदान गरेका व्यक्तिहरूलाई अभिनन्दन गर्ने,
पाल्पाका कलाकारहरूमध्येबाट कला प्रदर्शनीको आयोजना गर्ने,
चलचित्र तथा साँस्कृतिक कार्यक्रम गर्ने,
साहित्यको विकासका लागि समय समयमा साहित्यिक कार्यक्रम गर्ने,
चाँडै नै एउटा साहित्यिक सङ्कलन प्रकाशन गर्ने,
पाल्पा जिल्लाबाट आउने (काठमाडौँ) विशिष्ट महानुभावहरूको प्रवचन कार्यक्रम राख्ने,
पाल्पाली चिकित्सकहरूबाट निःशुल्क जाँच र सरसल्लाह दिलाउने व्यवस्था गर्ने,
पाल्पालीहरूको लागि पाल्पालीहरूबाट ब्लड बैङ्कको स्थापना गरी अवाश्यक परेका बखत ब्लड दिलाउने व्यवस्था गर्ने
पाल्पा जिल्लाबाट यहाँ आएर बेखर्ची भएकालाई घरसम्म पुग्न खर्चको व्यवस्था गर्ने,
प्रत्येक तीन महिनामा साहित्यिक कार्यक्रम सञ्चालन गर्ने,
राजधानीमा बसोबास गरेका पाल्पालीबीच सानिध्यता ल्याएर सहकार्यबाट परोपकारी सेवामा संलग्न हुनाका साथै सो क्षेत्रका विभिन्न विधाका साधक÷विद्वानलाई सम्मानका माध्यमबाट प्रेरित गर्ने अनुकरणीय लक्ष्यका साथ पाल्पाली सङ्गमको जन्म भएको रहेछ । विगत ३७ वर्षहरूमा सङ्गमबाट उल्लिखित उद्देश्य अनुरूप के कति गर्न सकियो अनुसन्धान÷छलफलको महत्वपूर्ण पाटो रहेको देखिन्छ । यद्यपि जिल्लाबाट राजधानी आएर सो क्षेत्रका लागि समेत केही योगदान गर्ने जुन अभियानको थालनी ‘सङ्गम’ का माध्यमबाट भयो सो अनुकरणीय रह्यो । फलस्वरूप त्यसपछिका दिनमा अन्य जिल्लाका काठमाडौँवासीबाट पनि यस्तै कार्यको थालनी भएको पाइन्छ ।
झण्डै चार दशक पहिले गठन गरिएको पाल्पाली सङ्गम वर्तमानसम्म पनि क्रियाशिल रहनु अर्काे उल्लेख्य उदाहरण मान्नु पर्दछ । परिवर्तित सन्दर्भमा यसले अङ्गिकार गरेका उद्देश्य एवम् क्रियाकलापलाई अझ यथार्थपरक बनाउँदै लैजानु पर्ने हो कि ? त्यसतर्पm पनि गहन दृष्टि पु¥याउन सकेका खण्डमा राजधानीमा यस सङ्गगठनको आवश्यकता अझ टडकारो हुन्छहोला ।
पाल्पाली सङ्गमको उद्देश्य अन्तर्गत नपरे तापनि त्यससँग प्रत्यक्ष रूपमा सम्बद्ध व्यक्तित्वहरूका माध्यमबाट सङ्गमले स्थापनाका बखत अगाडि सारेका कतिपय उद्देश्य पूर्ति गर्ने उद्देश्य राखेर यसैको सानिध्यतामा जन्मेर वयस्क हुन पुगेको संस्था हो ‘नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी’ । यसको स्थापनाका लागि सङ्गमले एउटा चौतारीको भूमिका निर्बाह गरेको देखिन्छ ।
 
नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी 
 
स्थापना 
पाल्पाली सङ्गमसँग सम्बद्ध उद्योगपति स्व. नूरप्रताप राणा तथा उहाँकी धर्मपत्नी स्व. गङ्गा राणाबाट २०४९ साल मंसिर २७ गतेका दिन एउटा समारोहका बीचमा ‘नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी’ स्थापनार्थ अक्षयकोषका लागि रु. २ लाख १ हजार १ रुपैयाँ छुट्याइएको घोषणा गरिएको थियो । तत्कालीन लुम्बिनी अञ्चलका ६ जिल्लाहरूका साहित्य, कला एवम् संस्कृतिका क्षेत्रमा उल्लेख्य योगदान गर्ने प्रतिभालाई प्रति वर्ष. रु. २०,०००÷– रकमको पुरस्कार एवम् सम्मानपत्र र रु. १०,०००÷– को शैक्षिक पुरस्कार प्रदान गर्ने लक्ष्य राखी त्यसको व्यवस्थाका लागि स्थापना हुने ‘नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी’ का बारेमा सोही दिन जानकारी गराइयो । उक्त पुरस्कारहरू पहिलो पल्ट २०५० साल वैशाख शुक्ल पूर्णिमा अर्थात बौद्ध जयन्तीको अवसर पारेर वितरण गरिने कुरा पनि घोषणा गरियो । नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीका संस्थापक स्व.नूरप्रताप राणा संरक्षक, उहाँकी धर्मपत्नी स्व.गङ्गा राणा अध्यक्ष र प्राध्यापक डा.चूडामणि बन्धु अध्यक्ष रहनु भएको थियो ।
 
सङ्गममा आवद्ध पाल्पाली र गुठीको थालनीका सम्बन्धमा संस्थापक कोषाध्यक्ष रामबाबु नेपालको लिखतबाट अझ स्पष्ट हुने भएकाले यहाँ साभार गरिएको छ;
‘...पाल्पाली संगमको कार्यकारिणी समितिमा रहेका बखत मित्र श्री शिवभक्त शर्माज्यूले एक दिन ‘नूरप्रताप राणा एक सफल व्यवसायी र पाल्पाली पनि हुनुहुन्छ, उहाँलाई हामीले संयुक्त रूपमा अनुरोध गरी कुनै पुरस्कार स्थापना गराउनु प¥यो’ भन्नु भयो । त्यसपूर्व नूरप्रताप राणाज्यूको नाम पनि नसुनेकाले को ? कस्तो मानिस हो ? अनुरोध गर्दैमा स्वीकार गर्ने हो होइन ? भन्ने मनमा लागेर तत्काल कुनै प्रतिक्रिया जनाइन । उहाँले पुनः त्यही कुरा दोह¥याउनु भएपछि हुन्छ भन्ने मनमा लाग्यो र पाँच जना (डा.चूडामणि बन्धु सर, गोपीकृष्ण सर, विद्यानाथ नेपाल दाइ, शिवभक्त शर्माज्यू र म) एक दिन बिहान नूरप्रताप राणाज्यूको निवास मैतिदेवी उहाँलाई भेट्न गयौं । शिवभक्तज्यूको उहाँसँग पूर्व परिचय भएकाले उहाँले नै हाम्रो परिचय गराउनु भयो । विषय प्रवेश पनि गरियो । उहाँले हाम्रो अनुरोधलाई सहर्ष स्वीकार गरि रु. १,००,०००÷– (एक लाख) अक्षयकोषका लागि प्रदान गर्ने वचन दिनु भयो । सो रकमको व्याज पाल्पाबाट एस.एल.सी.मा सर्वाेच्च अङ्क प्राप्त गर्ने छात्र–छात्रालाई प्रति वर्ष पुरस्कृत गर्ने र लुम्बिनी अञ्चलका साहित्यकारलाई पुरस्कृत गर्ने सहमति भयो ...पुरस्कार स्थापनालाई सार्वजनिक गर्ने कार्यक्रमलाई विशेष महत्व दिइ तयारीमा लागेको थिएँ । तत्कालीन कृषि आयोजना सेवा केन्द्रको सभाकक्षमा सो कार्यक्रमको आयोजना गरिएको थियो । त्यसबेला एकदम रमाइलो कुरा के भयो भने श्री नूरप्रताप राणाज्यूले मलाई कानमा खुसुक्क के भन्नु भयो भने ‘तपाईँहरूको सहयोगले खुशी भएँ, मैले अक्षयकोषको लागि दिन भनेको रकम रु. एक लाखबाट बढाएर रु.३,००,०००÷–(तीन लाख) दिने निर्णय गरें’ उहाँको यस भनाइबाट म यति खुशी भएँ त्यसलाई शब्दमा वर्णन गर्न कठीन छ । हृदयले अनुभव गर्न मात्र सक्दछ...’ (भवेश्वर पंगेनी (सम्पा.), नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी स्मारिका, रामबाबु नेपाल ‘संस्मरणः नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीमा सम्बद्ध रहँदाको’, अङ्क–२, २०६७, पृ.११–१४) ।
 
यसै परिवेशमा गुठीका संस्थापक सदस्य सचिव शिवभक्त शर्माको लिखतमा पनि यस प्रकार प्रकाश परिएको पाइन्छ;
‘...पाल्पामा जन्म भए तापनि आफ्ना कार्यस्थल एवम् बाबु बाजेको सम्पत्ति समेत परासी जिल्लामा पनि भएकाले पाल्पा एउटा जिल्ला नभनी लुम्बिनी अञ्चलका सम्पूर्ण जिल्लाका लागि समेटेर यो रकम सदुपयोग गर्दा उपयुक्त हुने नूरप्रताप राणाले धारणा राख्नु भएको थियो । यस अवसरमा उहाँले ‘मलाई पाल्पा जिल्ला र पाल्पालीहरूको असाध्यै माया छ, तर लुम्बिनी अञ्चल पूरै मेरो कर्मक्षेत्र भएकाले यो रकमलाई अञ्चलभर नै पु¥याउनु पर्दछ’ भनेपछि लुम्बिनी अञ्चलका साहित्यिक र सांस्कृतिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मानित गर्ने उद्देश्य राखेर एउटा गुठीको स्थापना गर्ने निधो भयो...’ (भवेश्वर पंगेनी (सम्पा.), नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी स्मारिका, शिवभक्त शर्मा, ‘नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीको ऐतिहासिक परिचय’, अङ्क–२, २०६७, पृ.४–६) ।
उल्लिखित परिवेश तथा आवश्यक तयारीपछि पाल्पाली सङ्गमको आयोजनामा भएको सभामा ‘नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी’ स्थापनाको घोषणा भएको थियो । त्यस्तै समारोहमा सर्वाेच्च अदालतका माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाले यस लेखका लेखक भवेश्वर पंगेनीद्वारा लिखित ‘पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सय दिन (वि.सं. २००७)’ पुस्तकको विमोचन गरेका थिए । उल्लेख्य के छ भने पाल्पाली सङ्गमको सो कार्यक्रममा विमोचित पंगेनीको उक्त पुस्तकलाई २०४९ सालमा ‘मदन पुरस्कार’ बाट पुरस्कृत गरिएको थियो । पाल्पाली संगमको आयोजनाको उक्त कार्यक्रममा सङ्गमका अध्यक्ष प्राध्यापक डा.चूडामणि बन्धुले ‘नूर–गङ्गाप्रतिभा पुरस्कार गुठी’ का संस्थापकहरू प्रति आभार व्यक्ति गर्दै विमोचित ‘पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सय दिन (वि.सं.२००७) ग्रन्थले पाल्पाको गौरवमय इतिहास झल्काउन सफल भएको चर्चा गर्दै महत्वपूर्ण अनुसन्धान कार्यका लागि लेखक पंगेनीलाई धन्यवाद ज्ञापन गरेका थिए ।
 
गुठी दर्ता
‘साहित्य, कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने लुम्बिनी अञ्चलका ६ जिल्ला–पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु र नवलपरासीका प्रतिभा छनौट गरी प्रति वर्ष रु. २०,०००÷– रकमको पुरस्कार र सम्मानपत्र प्रदान गर्ने उद्देश्य राखेर ‘नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी’ दर्ताका लागि २०४९÷०८÷०७ का दिन जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा एउटा निवेदन दिइएको थियो । यस गुठीलाई सामाजिक सेवा सम्बन्धी संस्थाका रूपमा परिभाषित गरी संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता गर्न अनुरोध गरिएको थियो । गुठीको कार्यालय ‘राग कन्दरा, मैतीदेवी, काठमाडौँ’ मा रहने तथा ‘संरक्षकद्वारा प्रदान गरिएको अक्षय कोष र त्यसबाट आर्जित व्याज’ नै संस्थाको आर्थिक स्रोत हुने कुरा संस्था दर्ताका लागि दिइएको निवेदनमा स्पष्ट रूपमा उल्लेख गरिएको थियो ।
दर्ताका क्रममा यसका संरक्षक, अध्यक्ष तथा प्रबन्ध समितिका सदस्यहरूको हस्ताक्षरयुक्त गुठीको विधानसमेत पेश गरिएको थियो । २०४९ साल मंसिर २६ गतेका दिन स्वीकृत उक्त विधानको प्रस्तावनामा ‘...पाल्पाली सङ्गमको अनुरोधमा साहित्य, कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने लुम्बिनी अञ्चलको प्रतिभालाई प्रति वर्ष पुरस्कृत र सम्मानित गर्न अक्षय कोषका लागि श्री नूरप्रताप राणा र श्रीमती गङ्गा राणाले उदारतापूर्वक प्रदान गर्नुभएको रु. २,०१,००१÷–(अक्षरेपी दुई लाख एक हजार एक रुपैयाँ) को व्याजबाट पुरस्कार र सम्मानपत्रको आवश्यक व्यवस्था गर्न गठन गरिएको नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीको कामकाजलाई व्यवस्थित गर्न यो विधान बनाइएको छ...’ उल्ले गरिएको थियो । त्यस्तै उक्त विधानको परिच्छेद दुईको ‘उद्देश्य’ अन्तर्गत ‘गुठीको उद्देश्य तथा काम कर्तव्य’ मा ‘...गुठीका संस्थापकहरू श्री नूरप्रताप राणा एवं श्रीमती गङ्गा राणको तर्पmबाट गुठीका लागि प्रदान गर्नु भएको रकमको परिचालनबाट प्राप्त व्याज र अन्य रकमबाट प्रति वर्ष छनौट भएका प्रतिभालाई पुरस्कृत र सम्मानित गर्नुका साथै आवश्यक देखिएका पुरस्कृत कृतिको प्रचार–प्रसार गर्नु यस गुठीको उद्देश्य हुने छ । यो उद्देश्य प्राप्तिका लागि गुठीले निम्न काम कर्तव्य सम्पादन गर्न सक्ने छ...
क लुम्बिनी अञ्चल अन्तर्गत ६ जिल्लाहरूका प्रतिभाले साहित्य, कला र संस्कृतिको क्षेत्रमा गरेको योगदानको मूल्याङ्कन गरी पुरस्कृत र सम्मानित गर्ने,
ख पुरस्कार पाउने प्रतिभाको छनौटका लागि आधार निश्चित गर्ने,
ग पुरस्कार वितरण कार्यक्रम काठमाडौँ वा काठमाडौँ बाहिर आयोजना गर्ने,
घ आवश्यक देखिएमा स्रोतको विचार गरी पुरस्कृत कृतिको प्रचार गर्ने,
ङ गुठीको आय–व्ययको हिसाब किताब व्यवस्थित राख्ने, एवं
च अन्य आवश्यक कार्य गर्ने...’
 
संरक्षकले स्थापनाको घोषणाका अवसरमा ‘नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी’ स्थापनाका लागि अक्षयकोषका लागि रु.२ लाख १ हजार १ रुपैयाँ राख्ने उद्घोष गरे तापनि सो प्रयोजनार्थ वैंकमा रकम राख्ने घोषित रकममा रु. १ लाख थप गरी रु. ३,०१,००१÷– (तीन लाख एक हजार एक रुपैयाँ) मुद्दति खातामा जम्मा गरिएको थियो ।
 
शैक्षिक पुरस्कारको आधार निर्धारण
नियमानुसार दर्ता प्रक्रिया पुरा भएपछि गुठीले पुरस्कारको आधार निर्धारण गर्न विभिन्न संघ–संस्थासमेतलाई सुझावका लागि आग्रह गरेको थियो । यसका लागि खासगरी लुम्बिनी अञ्चालका छ वटै जिल्लाका जिल्ला शिक्षा अधिकारीहरूलाईसमेत पत्राचार गरिएको पाइन्छ । प्राप्त सुझावसमेतका आधारमा शैक्षिक पुरस्कारका सम्बन्धमा देहायका प्रमुख विषय संलग्न गरेको थियो;
ड्ड ‘नूर–गङ्गा शैक्षिक पुरस्कार प्रत्येक वर्ष पाल्पा जिल्लाबाट प्रवेशिका परीक्षामा सर्वाधिक अङ्क प्राप्त गर्ने छात्र÷छात्रा एक÷एक जनालाई प्रदान गरिने,
ड्ड शैक्षिक पुरस्कारको रकम जनही रु. ५,०००÷– (पाँच हजार) का साथमा प्रशंसापत्र प्रदान गरिने,
ड्ड कुन विद्यालयको कुन विद्यार्थीले सर्वाधिक अङ्क प्राप्त गरेको हो भन्ने व्यहोरा जानकारी लिन गुठीले पाल्पा जिल्ला शिक्षा कार्यालय वा परीक्षा नियन्त्रण कार्यालय वा माध्यमिक विद्यालयहरूसँग सम्पर्क राख्ने वा उपयुक्त उपाय अपनाउने,
ड्ड शैक्षिक पुरस्कारको घोषणा पनि साहित्य, कला वा संस्कृतिको क्षेत्रमा योगदान गरे बापत दिइने प्रतिभा पुरस्कारका साथै गरिने ।
माथिका जानकारीका आधारमा २०४८ सालको नियमित एस.एल.सी.परीक्षामा श्री जनता माध्यमिक विद्यालय, तानसेनका छात्र श्री दीपेन्द्र मल्ल तथा श्री मोहनकन्या माध्यमिक विद्यालय, तानसेनका छात्रा श्री अजिता शर्मा खनालले सबैभन्दा बढी अङ्क प्राप्त गरेकाले गुठीले सम्मानका साथै पुरस्कृत गरेको थियो ।
 
साहित्यिक पुरस्कार
गुठीले साहित्य, कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने लुम्बिनी अञ्चल भित्रका ६ जिल्लाहरूका प्रतिभा छनौट गरी प्रति वर्ष रु.२०,०००÷– को पुरस्कार र सम्मानपत्र प्रदान गर्न ‘साहित्यिक प्रतिभा पुरस्कार’ स्थापना गरेकाले सो प्रयोजनार्थ प्रतिभा छनोटका क्रममा दुई उपायहरू अवलम्बन गरेको थियो । 
पहिलो–उपयुक्त प्रतिभाको नाम छनोट गरी पठाउनका लागि लुम्बिनी अञ्चालका जिल्ला विकास समिति, नगरपालिका, क्याम्पस तथा साहित्यिक संस्थाहरूलाई अनुरोध गर्ने र दोस्रो–प्रतिभा छनोट प्रक्रियालाई अझ व्यापक एवम् प्रभावकारी बनाउन राष्ट्रिय समाचारपत्र ‘गोरखापत्र’ मा सूचना जारी गर्ने ।
 
प्रतिभाको छनोट
गुठी प्रबन्ध समितिले पहिलो वर्षका लागि प्रतिभा छनोट गर्न विष्णुराज आत्रेयको संयोजकत्वमा एउटा मुल्याङ्कन समिति गठन गरेको थियो । उक्त समितिमा डा.मोहनमान सैंजू, प्राध्यापकहरू डा.रामनिवास पाण्डे, डा.मुरारी रेग्मी र गोपीकृष्ण शर्माका अतिरिक्त श्री मोदनाथ प्रश्रीत, श्री विद्यानाथ नेपाललगायतलाई संलग्न गरिएको थियो ।
प्राप्त सिफारिसहरूलाई विभिन्न कोणबाट अध्ययन गरी छनोट समितिले पाल्पा जिल्लाका विद्वान, साहित्यकार श्री जगतबहादुर जोशीलाई ‘नूर–गङ्गा साहित्यिक प्रतिभा पुरस्कार’ द्वारा सम्मान गर्न उपयुक्त हुने गुठीको प्रबन्ध समितिमा सिफारिस गरेको थियो । गुठी प्रबन्ध समिति तथा साधारण सभाले सोही सिफारिसलाई समर्थन गरेपछि २०५० साल जेठ १६ गतेका दिन एउटा समारोका बीचमा श्री जोशीलाई पुरस्कार एवम् सम्मानपत्र प्रदान गरिएको थियो ।
‘नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी’ बाट पहिलो वर्षमा पुरस्कृत एवम् सम्मानित गरिएका जोशीजीलाई प्रदान गरिएको सम्मानपत्रमा यसप्रकारको व्यहोरा उल्लेख गरिएको थियो;
‘...साहित्य, कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभालाई पुरस्कृत र सम्मानित गर्ने उद्देश्यले स्थापना भएको ‘नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी’ को तर्पmबाट साहित्यको क्षेत्रमा गर्नु भएको योगदानको कदर गर्दै तपाईँ श्री जगतबहादुर जोशीज्यूलाई २०४९ सालको नूर–गङ्गा साहित्य प्रतिभा पुरस्कार साथ यो सम्मान–पत्र प्रदान गर्दछौं । साहित्य क्षेत्रमा यहाँले निरन्तर गर्नु भएको योगदानबाट सो क्षेत्रलाई समृद्ध बनाउन अमूल्य योगदान पुगेको छ भन्ने कुरामा हामी विश्वस्त छौँ । यहाँको योगदान भावी पिंढीका लागि पनि उदाहरणीय बनेको छ भन्ने हामीलाई लागेको छ । साहित्यको क्षेत्रमा यहाँको श्रृजनात्मक प्रतिभा भविष्यमा अझ बढी पल्लवित, पुष्पित र फलित हुँदै जाओस् भन्ने शुभकामना व्यक्त गर्दछौँ...’ ।
माथिको सन्दर्भ आज भन्दा २६ वर्ष पहिलेको हो । खास गरी गुठीका संरक्षक स्व.नूरप्रताप राणाको जन्मस्थल पाल्पा र व्यवसायका रूपमा पहिलो कर्मस्थल तत्कालीन लुम्बिनी अञ्चललाई मात्र समेट्ने गरी जन्मेको ‘नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी’ वयस्क हुँदै गर्दा स्थापनाका बखत निर्धारण गरेका विधालाई अझ व्यापक, विस्तार एवम् सान्दर्भीक बनाउनु उपयुक्त ठहराउँदै सम्बद्ध विद्वानसमेतको सल्लाहबमोजिम गुठी परिवारले विभिन्न समयमा सोतर्पm पहल गर्दै वर्तमानमा खासगरी लोकगायन, बाल साहित्य तथा साहित्यका क्षेत्रलाई समेटेको छ । यस कार्यलाई प्रोत्साहन गर्दै संरक्षक एवम् परिवारबाट गुठीको अक्षयकोषलाई विभिन्न समयमा वृद्धि गर्दै वर्तमानमा ५०,००,०००÷– (पचास लाख) पु¥याइएको छ । त्यति मात्र नभएर कार्य क्षेत्रलाई विस्तार गर्दै कला, साहित्य, संस्कृति, स्वास्थ्य, शिक्षा आदि विभिन्न विधामा संलग्न व्यक्तित्वलाई सानै रूपमा भए पनि प्रोत्साहन÷सहयोग गर्ने उद्देश्यका साथ गुठीलाई एउटा ‘प्रतिष्ठान’ मा रूपान्तरण गर्ने प्रयास हुँदै छ ।
 
उपसंहार
परोपकार÷सेवालाई मुख्य लक्ष बनाउँदै साहित्य, संस्कृति, कलालगायत विधाको उन्नयनका लागि चार दशक जति पहिले राजधानी काठमाडौँमा बसोबास गर्दै आएका पाल्पालीहरूले स्थापना गरेको ‘पाल्पाली सङ्गम’ ले विभिन्न आरोह अवरोध पार गर्दै वर्तमानमा पनि क्रियाशिल रहनु उल्लेख्य मानिन्छ । त्यति मात्र नभएर काठमाडौँमा स्थापना र सञ्चालनमा आएको यस किसिमको यो अग्रणी संस्था पनि हो । पाल्पाली सङ्गमबाट प्रेरणा लिएर नै विभिन्न जिल्लावासीले राजधानीमा आ–आफ्ना जिल्लासँग सम्बद्ध यस्तै मञ्च स्थापना र सञ्चालन गर्दै आएको कुरा जगजाहेर नै छ । वर्तमानमा सङ्गमका संस्थापक, सल्लाहाकार, शुभचिन्तकलगायत कतिपय अग्रजहरू हाम्रा माझ हुनुहुन्न तथापि उहाँहरूले थालनी गरेको सङ्गमरूपी सद्कार्यलाई गरिमामय क्रियाकलापका माध्यमबाट आजका दिनसम्म जीवन्तता रहेको देखेर उहाँहरूको ब्रम्हलीन आत्माले अवश्य नै सन्तुष्टि प्राप्त गरेको हुनुपर्छ । हिमालयलाई शिर बनाएर बहने सङ्गमरूपी नदीले पाल्पा र पाल्पाली रहेसम्म निरन्तर शितलता प्रदान गर्दैरहोस्, वार्षिक दिवसका अवसरमा यही शुभकामना छ ।
त्यस्तै पाल्पाली सङ्गमको मञ्चबाट घोषणा गरिएको नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीले पाल्पा जिल्ला, तत्कालीन लुम्बिनी अञ्चल तथा मुलुकभर (राष्ट्रिय स्तर) को साहित्य, कला, संस्कृति, शिक्षा एवम् लोकगायन क्षेत्रका प्रतिभालाई पुरस्कार, सम्मान÷अभिनन्दन आदिका माध्यमबाट प्रेरणा प्रदान गर्ने कार्यमा निरन्तर जुट्दै आएको छ । एक सय जति व्यक्तित्वलाई प्रत्यक्ष रूपमा प्रेरित गरिसकेको गुठीको कार्यक्षेत्रलाई अझ बृहत् बनाउने क्रममा ‘प्रतिष्ठान’ मा रूपान्तरण गर्ने काम हुँदैछ भने अक्षयकोषको राशिमा पनि निरन्तर रूपमा वृद्धि गरिँदै छ । यो सबै गुठीको प्रबन्ध समिति, साधारण सभा तथा शुभचिन्तकको लगनशिलता र संस्थापक परिवारको चाहनाको परिणाम नै हो । 
गुठीबाट सम्मानित÷पुरस्कृत कतिपय प्रतिभालाई ख्यातिप्राप्त अन्य संस्थाबाट पनि पुरस्कृत÷सम्मानित गरिएकाले गुठीको चयन उपयुक्त रहेछ भन्ने दृष्टान्त पनि बनेको छ । विवाद रहित प्रतिभा चयनका साथ अझ फरक विधा, क्षेत्र र पुरस्कारको रकममा वृद्धि हुँदै जानु गुठीको एउटा उल्लेख्य विशेषता रहेको मानिन्छ । यसका साथै तीन दशक जति लामो समयसम्म गौरवपूर्ण रूपमा गुठीका क्रियाकलाप सञ्चालन हुनु वर्तमान परिवेशमा उल्लेख्य रहेको छ । 
समग्रमा सङ्गम र गुठी÷प्रतिष्ठानलाई आवश्यकता अनुसार सहकार्यमा जुटाउन उपयुक्त हुने पनि देखिन्छ । 
अस्तुः
 
शिवालय मार्ग, ट्याङ्गलाफाँट–१०
कीर्तिपुर, काठमाडौँ नेपाल
पुस १५, २०७५