राजेन्द प्रसाद नेपाल,
पूर्व सचिव, नेपाल सरकार, 
 
 
नेपालको तुलनात्मक लाभ भएका प्रमुख क्षेत्रहरुमा कृषि, जलश्रोत, जंगल, जडीबुटी, पर्यटन हुन् । पर्यटन क्षेत्रमा नेपाल अत्यन्त धनी छ । अनुपम प्राकृतिक सौदर्य, बहुजातिय बहुभाषिक सामाजिक विविधता एवं ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले धनी यस देशलाइ प्रमुख गन्तव्यस्थलको रुपमा चिनाउने गरिएको छ । ठूलो लगानीको आवश्यकता नपर्ने तर राम्रो आमदानीको संभावना भएको यो क्षेत्र आर्थिक विकास तथा रोजगारी श्रृजनाको महत्वपूर्ण आधार पनि हो । ग्रामीण क्षेत्रको विकासमा कायापलट गर्न सक्ने, शहरी आयलाइ गाउँ गाउँ पु¥याउन सामर्थ राख्ने, आय वितरणमा समानता कायम गर्न मदत गर्ने क्षेत्रको रुपमा पर्यटन क्षेत्र रहेको छ ।  
दुर्भाग्य यहाँको पर्यटन विकासले फड्को मार्न सकेको छैन । प्रकृतिले दिएको विभिन्न वरदानको राम्रोसंग व्यवस्थापन गर्न सकिएको छैन । सामाजिक विविधता एवं ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको प्रचार प्रसार र संरक्षण र संबद्र्धनमा आवश्यक ध्यान पु¥याउन सकिएको छैन । मोटामोटी रुपमा यही अवस्थावाट पाल्पाको पर्यटन क्षेत्र पनि गुज्रिएको छ ।
रमणीय भू बनौट, सुन्दर हरियाली, समशितोष्ण हावापानी, विभिन्न जातजातिको सहिष्णुतापूर्ण बसोवास, सामाजिक सांस्कृतिक विविधता एवं मनोरम दृष्यावलोकनले पाल्पाको पर्यटन क्षेत्रलाइ नेपालको महत्वपूर्ण गन्तव्य स्थलको रुपमा चिनाएको छ । यी सबै विशेषता र विविधता भएकाले पाल्पालाइ ीबलम ायच बिि क्भबकयल को रुपमा पनि लिइन्छ । 
 
पर्यटकको उद्देश्यः
स्वदेशी तथा विदेशी पर्यटकहरुले  विभिन्न उद्देश्य लिएर भ्रमण गरेका हुन्छन । जस्तै अध्ययन भ्रमण (सामाजिक, साँस्कृतिक, भेषभूषा, भाषा ऐतिहासीक विषयवस्तु जीवजन्तु चराचुरुङ्गी आदि) प्राकृतिक सुन्दरताको अवलोकन, धार्मिक (आआफ्नो आस्था र मान्यता, धार्मिक स्थलहरुको दर्शन, अवलोकन), व्यापार, शिक्षा, उपचार, विदा मनाउन, रोजगारी, आफन्त भेटघाट, फुर्सदको समयमा मनोरन्जन, मिटिङ्ग गोष्ठी सेमिनार, ग्रामिण वस्तीको अवलोकन, फार्म तथा कृषी प्रणाली सम्बन्धी विषयको अवलोकन, साहसिक काम, खेल, खानपान आदि प्रयोजनले भ्रमण गर्दछन ।
 
पर्यटक के चाहन्छन ?
गन्तव्य सम्म पुग्न सहजता होस । बसाई र खानपान सहज र स्वच्छ होस । राम्रो पथ पदर्शक होस । अध्ययन गर्ने, आनन्द लिने राम्रो अवसर मिलोस । शान्ति सुरक्षाको सुनिश्चितता होस । पालन गर्नु पर्ने नियम सहज होस । सबैबाट मैत्रीपूर्ण व्यवहार पाईयोस ।
 
पर्यटन विकासमा विभिन्न क्षेत्रको भूमिकाः
पर्यटन व्यवसायबाट समाजका प्राय धेरै क्षेत्रले लाभ प्राप्त गर्ने भएकाले यसको  विकासमा विभिन्न क्षेत्रले महत्वपूर्ण भुमिका खेलेका हुन्छन ।
१.सरकारी क्षेत्रको भूमिकाः सरकार धेरै विषयसंग सम्बन्धित हुन्छ । पर्यटन सम्बन्धी नीति तर्जुमा गर्ने, रणनीति योजना र कार्यक्रम बनाउने, सबैक्षेत्रलाई उत्प्रेरित गर्ने, सक्रिय गराउने, सचेत गराउने, संचालित नीति रणनीति, योजना र कार्यक्रमको मूल्याङ्कन गरी आवश्यकता अनुसार परिमार्जन गर्ने । पर्यटन पूर्वाधारको विकास गर्ने, आवश्यकता अनुसार सबै  क्षेत्रलाई परिचालित गर्ने, सूचना संकलन गर्ने, सम्भाव्य क्षेत्रको बारेमा जानकारी लिने र त्यस क्षेत्रको विकासको लागि पहल गर्ने । सम्पदाहरुको संरक्षण, सम्बर्धन र प्रवर्धन गर्ने । स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्ने । पर्यटकलाई सुरक्षा दिने, बसाई खानपानको गुणस्तर बारे आश्वस्त तुल्याउने । उपचार सुविधाको व्यवस्था गर्ने । पर्यटकीय क्षेत्रहरुको बारेमा स्वदेश तथा विदेशमा प्रचार प्रसार गरी मुलुक भित्र बढी भन्दा बढी पर्यटक आउन वातावरण बनाउने । विभिन्न पक्ष र निकाय बीच समन्वय गर्ने गराउने । वस्तु, स्थान र पर्यटकको गतिविधिको अनुगमन, सुपरीवेक्षण गर्ने । यस क्षेत्रमा आवश्यक पर्ने दक्ष, अर्धदक्ष जनशक्ती तयार गर्ने र त्यसलाई बल पुग्ने गरि योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।
२.निजी क्षेत्रको भूमिकाः पर्यटन प्रबर्धन र विकासमा निजी क्षेत्रले इन्जिनको काम गर्दछ । पर्यटन नीति, कार्यक्रम तर्जुमा कार्यान्वयन र प्रचार प्रसार गर्न सरकारी क्षेत्रलाई सहयोग गर्दछ । कुशल  व्यवस्थापन गरी बढी भन्दा बढी पर्यटक आउने वातावरण निर्माण गर्दछ । पर्यटकको  रुची र चाहना अनुसारको क्षेत्रमा भ्रमण गराउने, गुणस्तरीय सेवा सुविधा (बसाई खानपान र मनोरञ्जन) को  व्यवस्था मिलाउने कार्य गर्दछ । पर्यटक मैत्री वातावरण र सामाजिक दायित्वको ख्याल गरी पर्यटन व्यवसायको विकास र प्रवद्र्धन गर्दछ । स्थानीय समुदायलाई पर्यटन  विकासमा संग्लग्न गराउने कार्यमा पनि महत्वपूर्ण भूमिका खेल्दछ । खासगरी स्थानीय समुदायले उत्पादन गरेका बस्तु सामाग्रीहरुको खरिद गरी समुदायलाई प्रेरित गर्दछ । व्यक्ति र समुदायको आय स्तरमा सुधार गर्न सहयोग पुग्दछ । ब्यक्ति समुदायको जमिन उपयोग गरी दुवै पक्षलाई लाभ हुने कार्य गर्दछ । प्रचलित कानुनको सीमा भित्र रही पर्यटन व्यवसाय संचालन र प्रवद्र्धन गरी सुशासनलाई थप प्रभाकारी बनाउन सहयोग गर्दछ ।
३.श्रमिकको भूमिकाः उच्च गुणस्तरको वस्तु तथा सेवा दिई पर्यटकलाई आकर्षित गराउने कार्यमा श्रमिक जनशक्तिको मुख्य भुमिका हुन्छ । पर्यटकको चाहना अनुसार वस्तु र सेवाको गुणस्तर सुधार ल्याउने कार्यमा पनि श्रमिकको भूमिका उच्च हुन्छ । स्थान र सम्पदाको बारेमा बढी भन्दा बढी  जानकारी एवं पर्यटकलाई सूचना जानकारी दिने र आकर्षित तथा मोहित पार्ने र पुनः आउँ आउँ  गराउने कार्यमा पनि दक्ष श्रमिक र पथ प्रदर्शकको भूमिका गहन हुन्छ ।
४.समुदायको भूमिकाः संभाव्य पर्यटकीय स्थल र वस्तुको पहिचान गर्ने । समुदायमा त्यसबारे छलफल गर्ने र प्रचार प्रसार गर्ने । समूह क्लव गठन गरी पर्यटकीय स्थललाई व्यवस्थित र आकर्षित गर्ने कार्यमा समुदायको महत्वपूर्ण भुमिका हुन्छ । पर्यटकीय क्षेत्र र प्राकृतिक श्रोतको संरक्षण र विकास गर्ने, पर्यटकलाई आतिथ्यता प्रदान गर्ने, आत्मियता प्रदर्शन गर्ने कार्यमा पनि समुदायले महत्वपूर्ण भूमिका खेल्दछ । स्थानीय तह, निजी क्षेत्रसंग पर्यटकीय क्षेत्रको विकास गर्न समन्वय र सहकार्य गर्न सक्दछ । पर्यटकीय क्षेत्रको असल पक्षको विकास र खराब पक्षको सुधार गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।
५.स्थानीय तहको भूमिकाः कुनै पनि क्षेत्रको विकास पर्यटन विकासलाई केन्द्रीत गरी लगानी गरेमा छिटो विकास भएको विभिन्न मुलुकको अध्ययन गर्दा पाइएको निस्कर्ष हो । तसर्थ स्थानिय  तह (गाँउपालिका र नगरपालिका)ले यसतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।  आफ्नो  क्षेत्रमा रहेका पर्यटकिय स्थल, ऐतिहासीक स्थल, सम्पदा तथा नयाँ आकर्षक योजना बनाई स्थल, क्षेत्रको विकास गर्न सके पर्यटन व्यवसायले समृद्धी ल्याउन मद्दत गर्दछ । स्थानीय तहसंग श्रोत र साधन हुने र जुटाउन परिचालन गर्न सक्ने क्षमता हुने भएकाले यसका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ, साथै पर्यटकीय स्थलको व्यवस्थापन गर्न पनि स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुन्छ ।
६.पत्रकार जगतको भूमिकाः पत्रकार जगतले सचेतना अभिवृद्धि गर्न सबै क्षेत्रलाई झकझकाउने काम गर्न सक्दछ । नयाँ नयाँ पर्यटन क्षेत्र, प्रकाशमा नआएका अत्यन्त महत्वपूर्ण पर्यटकीय गन्तव्य स्थानको बारेमा उधिनेर प्रकाशमा ल्याई सबैलाई जागरुप र क्रियाशिल गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ । विभिन्न क्षेत्रमा कमि कमजोरी, पर्यटकीय स्थल र वस्तुमा सुधार गर्नुपर्ने र थप परिस्कृत गर्नुपर्ने विषयलाई उजागर गरी त्यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा रचनात्मक एवं व्यावहारिक सुझाव दिन सक्दछन । महत्वपूर्ण पर्यटकिय क्षेत्र, स्थल तथा वस्तुको सकरात्मक पक्षबारे सुसूचित गरी पर्यटकलाई आकर्षित कार्य गर्न सक्दछन । स्वदेशी तथा विदेशी पर्यटकलाई आफ्नो विभिन्न संचार माध्यम (टेलिभिजन, पत्रिका, सामाजिक संजाल, टेलिचलचित्रमा उतारी) बाट जानकारी गराउन सक्दछन ।
७.गैह्र सरकारी संस्थाको भूमिकाः नीति तथा योजना बनाउन र कार्यान्वयन गर्न सरकारी, निजी तथा स्थानीय तह र समुदायसंग सहकार्य गर्न सक्दछन । विकास साझेदारहरुलाई आकर्षित गरी लगानी वृद्धि गर्न सहयोग गर्न सक्दछन । समुदायलाई पर्यटकीय विकास सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न संगठित गर्न सक्दछन । समुदायमा सचेतना कार्यक्रम संचालन गरी पर्यटकीय क्षेत्र स्थान र वस्तुलाई अझ आकर्षित गराउन सक्दछन ।
 
पाल्पाका पर्यटकीय आकर्षणः
पाल्पा जिल्ला प्रमुख पर्यटकीय आकर्षण निम्नानुसार छन ।
 
१ ऐतिहासीक सम्पदाः
क.तानसेन दरबारः जनरल प्रताप शमसेरले सन् १९२४ मा काठमाण्डौबाट पाल्पाका प्रशासक भएर आएपछि सिंहदरबारकै नक्कल गरी यो दरबार बनाउन लगाए (विनय कुमार कसजु, तानसेन दरबार अस्तित्वको खोजीमा, पाल्पा दर्शन २०६४ पेज २७०) ।सन् १९२७ मा बनेको,चारतले, ६४ कोठा भएको यो दरबार द्वन्द कालमा (जनवरी ३१, २००६) क्षत विक्षत भयो । पुरानै ढाँचामा हाल निर्माण कार्य सम्पन्न भैसकेको छ । महत्वपूर्ण ऐतिहासीक सामाग्री यस भित्र संरक्षण गर्ने कार्य शुरु भएको छ । क्षतिग्रस्त हुनु अगाडी पाल्पाको प्रशासनिक केन्द्रको रुपमा थियो । दरबारको उत्तरतर्फ मुलढोका (बग्गी ढोका) र सितल पाटी छ । यो मुल ढोका खड्ग शमसेरले बनाउन लगाएका हुन ।
ख.रानीघाट दरबारः यो दरबारलाई  कसैकसैले नेपालको ताजमहल पनि भन्दछन । पर्यटनको मुख्य आकर्षण मध्येको यो दरबार खडग शमशेरले आफ्नो १२ वर्षको तैनाथी कालमा आफ्नो रानी तेजकुमारीको सम्झनामा बनाएका हुन । निर्माण कार्य विसं १९५० मा शुरु गरी १९५४ मा वनेको हो । दरबार काली गण्डकीको संगम स्थलको तटमा छ । यसको मुख्य जग नदी किनारबाट उठेको छ । तानसेनबाट १६ किलोमिटर उत्तरतर्फ रहेको यो दरबार तानसेन नगरपालिकाको कैलासनगर (चुत्रा भञ्याङ्ग) बाट जान सकिन्छ। यो दरबारको निर्माणको लागि वीर शमसेरले पनि ठूलो आर्थिक सहयोग (रु १ लाख) गरेका थिए । (भवेश्वर पंगेनी, पश्चिम तर्फका कमाण्डर ईन चीफ खड्ग शमसेर, पाल्पा दर्शन, २०६१ पेंज १०९) ।
ग.अर्गली दरबारः रमणीय गाँउ अर्गलीमा रहेको यो दरबार राणा प्रधानमन्त्री जुद्ध शमसेरले बनाउन लगाएका थिए । यो दरबार हाल त्रिभुवन मावि अर्गलीलाई हस्तान्तर गरिएको छ ।
 
२ मन्दिर, देवस्थलः
यहाँका प्रमुख मन्दिर तथा देवस्थलहरुमा
क.ऋषिकेश मन्दिर, रिडीः चारधाम मध्येको एक धामा तानसेनबाट ३० किमी पश्चिम गुल्मी जाने मोटरबाटो नजिकै रहेको छ । पाल्पाली राजा मणिमुकुन्द सेनले वर्तमान रुपमा स्थापना गर्न लगाएको । माघे संक्रान्तिमा ठूलो मेला लाग्दछ । हरिवोधनी एकादशीमा विशेष पुजा र जागरण वसी अर्को दिन द्वादशीका दिन धुमधामसंग रथयात्रा गरिन्छ । माघे सक्रान्तिको मेलामा काम्लो, राडी, पाखि, नाङ्ला, डालो, ओखरको घाँजी, गुडको प्रशस्त व्यापार हुन्छ ।
ख.भैरवस्थानः तानसेनबाट गुल्मीतर्फ जाँदा करिब ९ किमीको दूरीमा रहेकोछ । सेनराज भैरवसेनले काशीबाट ल्याएको भैरवको मूर्ति । यहाँ भाकल गरेका कुरा पुग्छ भन्ने मान्यता र विश्वास छ । मंगलबार र शनिवार र महिनामा मंसिर , माघ र बैशाख विशेष समयको रुपमा लिइन्छ । यी भैरवको पुजामा “रोट” (चामलमा चिनी, नरीवल, मरीच, अलैची जस्ता मसला राखी बनाइने) को विशेष महत्व छ । पाल्पाका तैनाथवाला खडग शमसेर बग्गीमा आउने जाने गर्दथे भन्ने भनाई छ । (कृष्ण चन्द्र देवकोटा, पाल्पा दर्शन, २०६१ पेज ४१) ।
ग.भगवति मन्दिरः तानसेन दरबारको नजिकै रहेको यो मन्दिरको स्थापना बारे यथार्थ जानकारी प्राप्त हुँदै जाला । नेपाल अंग्रेज युद्धमा जानु अगाडी तैनाथवाला कर्णेल उजीरसिंह थापाले भाकल अनुसार युद्धमा अंग्रेज सेनलाई पराजित गरेपछि भव्य मन्दिर बनाई रथ यात्रा चलाएको भन्ने ईतिहासकारले भनेका छन । उजिरसिंहले स्थापना गरेकोले श्री उजिरेश्वरी र रण जितेकोले “रण”शब्द जोडी श्री रणउजिरेश्वरी नाम रहन गएको (कृष्ण चन्द्र देवकोटा, पाल्पा दर्शन, २०६१ पेज) ।मन्दिरभित्र भगवतिको विशाल मुर्ति रहेको छ । भाद्र कृष्ण अष्टमीमा विशेष पूजा गरी प्रतिमुर्तिलाई बाहिर रथमा राखी नवमीका दिन राजकीय सम्मानका साथ नगरमा रथयात्रा हुन्छ । तानसेनको ठूलो र भव्य रथयात्रा हुन्छ । रथयात्रामा जंगी, निजामती र प्रहरी सहित हजारौं जनता सहभागी हुन्छन । नवरात्रमा विशेष पुजा गरिन्छ ।
घ.नारायण मन्दिरः पाल्पा राज्य नेपालमा विलय भएपछि विसं १८६३ मा जनरल अमरसिंह थापा पाल्पाको बडाहाकिम भएर आए । उनले आफ्नै खर्चमा विशाल र भव्य मन्दिर निर्माण गरे । मन्दिरको बार्षिक खर्च चलाउन माडी फाँटमा एक हजार मुरी माटो गुठी राखेका छन । (कृष्ण चन्द्र देवकोटा, पाल्पा दर्शन, २०६१ पेज ४४) । मन्दिर पेगोडा शैलीमा छ । काष्टकलाको बेजोड नमुना छ । भाद्र महिनामा रथयात्रा हुन्छ ।
ड.अन्य मन्दिरः पाल्पाका अन्य मन्दिरहरुमा गणेश मन्दिर (श्रीनगर), रैनादेवी (गोखुङ्गा), नुवाकोट भैरव, वटुक भैरब (अमरगंज), जलेश्वर महादेव (रिव्दीकोट), शिव मन्दिर (प्रवास), राधाकृण मन्दिर (हुँगी र तानसेनको चुत्रा भञ्ज्याङ्ग), लिपिनदेवी (वन्दीपोखरा), वनदेवी (तानसेन), सीता कुण्ड, कोटघरकी देवी (वगनास), देवकोट (रिम्घा लेक), देलुङ्गादेवी (सोमादी), भैरव मन्दिर (छहरा), ब्रह्मादेवी (छहरा), कालिका देवी (मुझुङ्ग), सिद्धबाबा (कुहिरे भीर), सत्यावती, राम मन्दिर (राम्दी), और्वाश्रम (अर्गली), माण्डव आश्रम (माडी) । बौद्ध धर्मावलम्बीहरुको लागि आनन्द विहार, महाचैत्य विहार प्रमुख दर्शनिय स्थलका रुपमा रहेका छन ।
 
३ प्राकृतिक दृश्यावलोकनको लागि प्रसिद्ध स्थानहरुः
क. तानसेनः ऐतिहासिक नगर, तानसेन दरबार, तीन साचा, प्रख्यात मूलढोका, सीतलपाटी, ऐतिहासिक मन्दीरहरु (भगवती, अमर नारायण, बटुक भैरव, भीमसेन, गणेश) र बौद्ध विहार छन । सेनवंशी राजाहरुको गौरवमय इतिहास छ । यहाँको हावापानी स्वस्थकर (८ देखि २८ डिग्री सेल्सीयसको बिचमा रहन्छ) छ । प्रदुषण सून्य छ । सूर्योदयको दृश्य धेरै ठाँउबाट देख्न सकिन्छ । अनुपम भौगोलिक र प्राकृतिक वातावरण छ । समुन्द्र सतहबाट १३५० मिटर माथी रहेको छ । काठमाण्डौंको नेवारी संस्कृति यहाँ जीवन्त छ । गृष्मकालीन छुट्टीको दिन विताउन चाहानेका लागि अत्यन्तै उपयुक्त स्थानको रुपमा रहेको छ।
ख. श्रीनगरः तानसेनको ताजको रुपमा रहेको श्रीनगर पर्यटकको लागि आकर्षक गन्तव्य स्थलको रुपमा रहेको छ । यहाँवाट प्रसिद्ध हिमश्रृखंलाहरु धवलागिरी, अन्नपुर्ण, लमजुङ, मनास्लु, गणेश, गौरीशंकर प्रष्ट देख्न सकिन्छ । हिमश्रृखंला मात्र होईन यही स्थानवाट पहाडका र तराईका फाटँहरु (सफा मौसम भएको दिन) पनि प्रष्ट रुपमा देख्न सकिन्छ । यसरी एउटै स्थानवाट उत्तरको हिमाली दृष्य र दक्षिणको मधेश र पहाडी वस्ती अवलोकन गर्न सकिने नेपालमा रहेको सिमीत स्थान मध्ये यो स्थान रहेको छ । विसं १८४४ मा महादत्त सेनले यहाँ शहर निर्माण गरि पाल्पा राज्यको राजधानी वनाएको इतिहासकारको भनाई छ । यहाँ विभिन्न जातजातीको वनस्पति, चराचुरुङ्गी पाईन्छ । लालीगुराँसले मनै रमाईलो तुल्याउछ । घना सल्लाको जंगलले घेरिएको यो स्थानमा बस्दा पुरानो क्षयरोगलाई जाती गर्छ भन्ने भनाई छ । हनुमानको विशाल मुर्ति यहाँको आकर्षण मध्येको अर्को विषय हो । यहाँ रहेको भ्युटावरबाट  ३६० डिग्री अवलोकन गर्दा हुने आनन्दको वर्णन शव्दमा गर्नै गाह्रो छ । 
ग. माडीफाँटः श्रीनगर लगायत तानसेनवाट स्पष्ट देख्न सकिने माडीफाँट मनोरम छ । हिउदको समयमा माडीफाँटमा टम्म कुहिरो लागेको दृष्य अवर्णिय छ । यो दृष्य हेर्दा माडीफाटलाई ूध्जष्तभ ीबपभू को रुपमा देख्न सकिन्छ । पाल्पाको अन्नको भण्डार मध्ये माडीफाँट प्रमुख हो । अन्य प्रमुख फाँटहरुमा रामपुरफाँट, अर्गलीफाँट, कचलफाँट, हुगीफाँट, सर्देवा, डम्वक, लगुवाफाँट  प्रमुख छन । माडीफाटलाई माण्डब ऋषिको तपोभुमीको रुपमा पनि लिईन्छ ।
घ. अन्य स्थानः वगनास । तानसेनवाट करिव ७ किमि पुर्वोत्तर दिशामा रहेको वगनासको कोटदेवीको आसापासवाट सुर्योदय र सुर्यास्तको अनुपम दृष्य, धवलागिरी अन्नपुर्ण देखि गौरीशंकर सम्मको हिमश्रृखलाको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । कालीगण्डकीको घाटी, माडीफाट र तराईको भुभाग र वरीपरिको अग्ला डांडा देख्दा मन रोमाञ्चित हुन्छ । सुर्योदय र सुर्यास्तको अनुपम दृष्यावलोकन गर्ने स्थानहरुमा श्रीनगर, तानसेन, भैरवस्थान लगायत कौडेको लेक (कसेनी अग्लो ऐतिहासीक स्थल) हात्तिलेक रिम्घाको लेक, कण्डले डाडा, तिनगिरे लेक, रिब्दिकोट, रिमघाको लेक, वीरकोट आदी प्रमुख छन ।
राम्दी, रिडी, रानीघाट, केलादी, प्रभास, सत्यावती सामाजिक तथा सासंकृतिक दृष्टिले प्रख्यात स्थान हुन् । प्रभासमा नेपालका नाम चलेको मेडिकल मध्येको लुम्विनी मेडीकल कलेज, प्रख्यात कमलपोखरी (प्रमास तालको नामले चिनिएको ताल) पनि छ । स्याङजा र पाल्पा जोड्ने राम्दी पुल पनि यस भेगको फरक आकारको पुलमध्येको एक हो । मदन पोखरा पाल्पाको नमुना गाउको रुपमा रहेको छ । तरकारी, कफी, फलफुल खेतीको लागि यो स्थान प्रख्यात छ । तानसेन नगरपालिका भित्र पर्ने वैधा गुम्हा विशेषत मगर होम स्टेको रुपमा चर्चित छ । ग्रामीण जिवनको परिवेश वुझ्न, अर्गानिक खाना र सस्तो वसाईको लागि होम स्टे सस्कृति वढ्दो छ । होम स्टे सस्कृतिको विकासले ग्रामीण भेगका समुदायको रोजगारी र आयआर्जनमा उल्लेख्य सहयोग गर्दछ ।
ड. सामाजिक साँस्कृतिक सम्पदाः 
पाल्पाको कुल जनसंख्या (२,६१,१८०) मध्ये सवैभन्दा धेरै जनसंख्या मगर (५२.३९ प्रतिशत), व्राहमण (१७.४६ प्रतिशत), क्षेत्री (७.९० प्रतिशत), कामी (६.७२ प्रतिशत), नेवार (३.४६ प्रतिशत), सार्की (३.१८ प्रतिशत), कुमाल (२.६५ प्रतिशत) र वाकी अन्य छन ।                                                                               
सवैभन्दा वढी जनसंख्या रहेको मगर जातीको आफ्नै भेष भुषा भाषा सस्कृंति रहनसहन छ । मगर जातीका चर्चित सांस्कृतिक गतिविधिहरुमा ठुलो नाच, सोरठी नाच, मारुती नाच, झाम्रे नाच प्रमुख छन । वौधा गुम्हा, खोरवारी, सिकारकोट, वाकामलाङ, गाडाकोट लगायत विशेषत पुर्वी पाल्पामा मगर जातीको वाक्लो उपस्थिति छ । अनुसन्धानमा रुचि राख्नेहरुको लागि ज्यादै उपयोगी सामाग्री प्राप्त हुन्छ । त्यस्तै जनसंख्याको हिसावले नेवार जाती पाचौँ स्थानमा रहेतापनि तानसेन वजारमा ठुलो संख्याको वसाई रहेको र साक्षरता प्रतिशत उच्च रहेकाले प्राय हरेक क्षेत्रमा नेवार समुदायको प्रभाव रहेको छ । काठमाण्डौको नेवारी संस्कृति पाल्पामा छ । वसाई मुलत तानसेन वजार, आर्यभन्ज्याङ, हुमिन, ताहु, खस्यौलीमा उल्लेख्य छ ।
च. विविध सुविधा र अन्य पर्यटकीय आकर्षणः
ग्रामीण भेगमा पैदल यात्राको रमाउन चाहनेहरुको लागि त्यस्तो धेरै अवसरहरु छन । होमस्टे तर्फः मगर ग्रामीण होमस्टे वौधा गुम्हा, कृषि होमस्टे  मदनपोखरा, नगर होमस्टे तानसेन लाई लिन सकिन्छ । यहाँ वसोवास र खानपानको लागि स्थानीय लगायत अन्तराष्ट्रिय स्तरको खानपान पस्कने होटलहरु छन । प्रमुख होटलहरु श्रीनगर, दी ह्वाइट लेक, दी बज्र, गौतम सिद्धार्थ, नाङलो वेष्ट लगायत धेरै छन । यहाँका प्रमुख जात्रा तथा मेलामा भगवती जात्रा, गाईजात्रा, रोपाइजात्रा, गणेशजात्रा, भिमसेनजात्रा, अमरनारायणजात्रा, सत्यावती मेला, शिवरात्री मेला, हरिवोदनी एकादशी, माघेसंक्रान्ति मेला प्रमुख छन । गुफाहरुमा सुनगुफा, सिद्धेश्वर गुफा, सिद्ध गुफा, जुरे गुफा, हात्तिलेक गुफा, वालसिद्ध गुफा, सिद्धपानी गुफा छन । यसरी प्राकृतिक, सामाजिक, साँस्कृतिक दृष्टिले पाल्पा नेपालको एक महत्वपूर्ण पर्यटकीय गन्तव्य स्थलको रुपमा रहेको छ ।
 
SWOT विश्लेषण
पर्यटकीय दृष्टिले पाल्पाको वलियो पक्ष - कमजोर पक्ष, अवसर, चुनौती वारे यहाँ विश्लेषण गर्ने प्रयास गरिएको छ ।
 
वलियो पक्ष 
ड्ड सास्कृतिक सम्पदा र विविधता । विभिन्न संस्कृति र सास्कृतिक कृयाकलाप 
ड्ड स्वस्थकर हावापानी (न्युनतम ८ देखि २८ डिग्री सेल्सीयस) । प्रदुषणरहित । 
ड्ड पहुचंको सहजता (वुटवलवाट ३९ किमी, पोखरावाट १२५ किमी, लुम्विनीवाट ८५ किमी, सुनौली नाकावाट ६४ किमी) । 
ड्ड प्राकृतिक सम्पदा, सुन्दरता र विविधता 
ड्ड ऐतिहासीक स्थलहरु (रानीमहल, पाल्पादरबार, अर्गलीदरबार, भैरवस्थान, अमरनारायण, भगवतीस्थान) 
ड्ड सेतोताल ९ध्जष्तभ ीबपभ० अवलोकन हुने 
ड्ड सुर्योदय र सूर्यास्त हेर्न उपयुक्त ९ लामो क्गललथ मबथ० 
ड्ड प्रख्यात हिमश्रृङ्लाहरुको अवलोक गर्न सक्ने 
ड्ड समुदाय वीच राम्रो सहकार्य 
ड्ड पर्यटन विकासको लागि उत्साहित जनमानस, उत्साहित युवा वर्ग 
ड्ड स्वास्थ्य उपचारको लागि सहज (मेडिकल कलेज, अस्पताल, हेल्थसेन्टर, हेल्थ पोष्टको सुविधा) 
ड्ड संचार सुविधा 
ड्ड परम्परागत तथा आधुनिक दुवै खानाको संभावना । इचनबलष्अ खाना ।
ड्ड ताजा फलफुलको उपलब्धता । 
 
कमजोर पक्ष
ड्ड सडक यातायातमा समय समयमा असुविधा झेल्नुपर्ने । पर्यटकमा राम्रो सन्देशको प्रवाह भएको छैन । 
ड्ड तानसेन वजारम खानेपानीको कठीनाई 
ड्ड पर्यटकीय स्थान तथा वस्तुको वारेमा राम्रो प्रचार प्रसार हुन नसकेको 
ड्ड सुविधा सम्पन्न होटल ९क्तबच ज्यतभ०ि  को अभाव 
ड्ड संस्थागत रुपमा ट्राभल टुर एजेन्सीको विकास भैनसकेको । व्यक्तिगत सम्पर्क, होटलहरुको प्रयास, केही सेमीनार गोष्टीकोलागी भ्रमण हुनेगरेको  
 
अवसर
ड्ड चेतना बढेकाले युवा तथा पाका बर्गको राम्रो सहयोग हुने । 
ड्ड ग्रामीण पर्यटन विस्तार गर्न सकिने । 
ड्ड पर्यटकीय दृष्टिले राम्रो संभावना भएको स्थान (पोखरा र लुम्विनी को वीच । गर्मिको समयमा भारतीय पर्यटक सम्म पुग्न सकेमा राम्रो संभावना) 
ड्ड स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानी गर्ने राम्रो संभावना 
ड्ड मगर नेवार तथा कुमालहरुको संस्कृतिलाई जीवन्त राख्न र त्यसको प्रचार प्रसार गर्न सकेमा यथेष्ट संभावना 
ड्ड मध्यम स्तरीय होटल भएकाले गोष्ठी सेमीनार सहजै व्यवस्थापन हुनसक्ने । 
 
चुनौती 
ड्ड व्यवसायीकता सम्बन्धी पक्ष सवल वनाउनु पर्ने 
ड्ड इचनबलष्अ वस्तु उत्पादन गर्न किसानमा सीप र दक्षता बढाउनु पर्ने 
ड्ड सरकारी र निजी क्षेत्रबाट लगानी बढाउनु पर्ने 
ड्ड राजनैंतिक तहबाट निरन्तर सहयोग हुनुपर्ने 
ड्ड सडकको अवस्था नाजुक भएकाले सुधारको पहल हुनुपर्ने 
 
आउदा दिनमा कसरी अगाडी बढ्नु पर्ला ?
 
प्राकृतिक सम्पदा र विविधता, ऐतिहासिक स्थलहरु, धार्मिक स्थलहरु, जाती भाषिक र सांस्कृतिक विवधता, शैक्षिक जागरुकताले गर्दा पाल्पा नेपालको विभिन्न पर्यटकीय स्थलमध्ये अत्यन्तै संभाव्य स्थलमा पर्दछ । 
स्थल वा वस्तुको विकास ९म्भकतष्लबतष्यल यच उचयमगअत म्भखभयिऊभलत०, त्यसको व्यवस्थापन ९ःबलबनझभलत० र वजारीकरण ९ःबचपभतष्लन० जस्ता कार्य पर्यटन विकासका आधारभूत विषयमा पर्दछन । पहिलोले पूर्वाधार वा वस्तुको विकासलाई जनाउँछ भने दोस्रोले गुणस्तरियता, सुरक्षा, सरोकारवाला संगको सहकार्य, समन्वय, लगानी परिचालन, मानव श्रोतको विकास तथा परिचालन र अनुगमन जस्ता विषय समेट्छ । तेस्रोले प्रचार प्रसार तथा आकर्षण गर्ने कार्य पर्दछ । 
पर्यटन क्षेत्रको विकासको माध्यमवाट पाल्पाको विकास गति तिव्र बनाउने पाल्पालीको धेरै पहिले देखिको चाहना तथा प्रयास पनि हो । चाहना र सामान्य प्रयासले मात्र नतिजा प्राप्त भएन । निम्न कार्यलाइ प्राथमिकतामा राखी योजना बनाउने, कार्यान्वय गर्ने दिशामा पहल गर्ने हो भने केही न केही परिवर्तन पक्कै हुन्छ । यसतर्फ ध्यान जान सके सुधार हुन्छ जस्तो लाग्छ । 
 
ड्ड पर्यटकीय विकासको गुरु योजना वनाउने ।
ड्ड पर्यटकीय क्षेत्रको पूर्वाधारको विकास । स्तरिय होटल । असुरक्षित वन्दै गएको तानसेन वुटवल सडक मार्ग सुरक्षित बनाउने, लेन बढाउने वा वैकल्पीक मार्ग पहिचान र कार्यान्वय गर्ने । विना अवरोध यातायात संचालन हुने सुनिश्चितता गर्ने ।
ड्ड तानसेन वजारमा रहेको पानीको अभावलाई समाधान गर्न श्रीनगरमा वर्षाको पानी संकलन र वितरण गर्ने परियोजना अगाडी बढाउनु पर्ने । सिङ्गापुर लगायत पानीको समस्या परेका कतिपय देशले यस कार्यमा सफलता पाएका छन । 
ड्ड उच्च पहाडीलेक (सूर्योदय, सूर्यास्त र हिम श्रृखला र मनोरम दृष्य अवलोकन हुने स्थलहरुलाई ज्ष्िि क्तबतयल  को रुपमा विकास गरी त्यहासम्म पुग्न सहज हुने व्यवस्था मिलाउने । 
ड्ड तानसेन दरवार, रानीघाट दरवार, अर्गली दरवार लगायत जीवन्त इतिहासको प्रचार प्रसार, संरक्षण र पर्यटकीय दृष्टिले आकर्षित गराउने । संभाव्य स्थानमा सुन्दर फूलवारी, फोहोरा, ध्बतभचमबलअभ जस्ता आकर्षित गराउने कार्य गर्ने । 
ड्ड मगर संस्कृतिमा लोकप्रिय ठुलोनाच, सोरठी, सालैजो नाच, नेवार संस्कृतिकमा लोकप्रिय गाइजात्रा पर्वमा निकालिने वादशाहको प्रत्यक्ष प्रसारण राष्ट्रिय स्तरका श्रवदृष्य संचार माध्यमबाट गराउन  सके पाल्पा प्रति पर्यटकको आकर्षण अझ बढ्थ्योकी ?  युवा सांस्कृतिक समूह सक्रिय हुनुपर्छ ।
ड्ड सुनोली नाकाबाट लगभग ६४ किमिको दुरीमा रहेको तानसेन र यसको ताज श्रीनगर लाई ज्ष्िि क्तबतष्यल  को रुपमा अझ सुविधा सम्पन्न गराउन सके गर्मि र जाडो दुवै समयमा आन्तरिक र वाह्य पर्यटक बढ्ने थियो । चर्को गर्मि र सिलतहर चलेको समयमा यहाँको मौसम पक्कै पनि आकर्षक हुन्छ । साथै लुम्विनी र पोखरा आउने पर्यटकलाइ ल्याउने पहल हुनपर्छ । पर्यटकलाई पाल्पा आउने वातावरण बनाउन ट्राभल एजेन्सीहरु सँग अझ समन्वय बढाउनु पर्ने देखिन्छ ।
ड्ड पैदल यात्राको लागि संभाव्य क्षेत्रको विकास र सुविधा युक्त गराउन सकेमा पदयात्रामा रुची राख्ने पर्यटकको संख्या बढ्ने छ ।
ड्ड दर्शनीय स्थल रहेको क्षेत्रमा नगरपालीका, गाउँपालीकाले सर सफाइको उचित प्रवन्ध गरी आकर्षक बनाउनु पर्दछ ।
ड्ड पर्यटकीय स्थलको वारेमा स्कूल, क्याम्पसका विद्यार्थीहरुलाइ पर्यटन सम्बन्धि शिक्षा दिने र समय समयमा पर्यटक संग घुलमिल गराउने । विदाको समयमा पर्यटकलाइ सहयोग गर्ने गरी तयार गर्ने ।
ड्ड पाल्पालमा, काठमाडौमा पर्यटन सूचना केन्द्र र कोशेली घरको व्यवस्था गर्ने । 
ड्ड जातजातीको संग्रहालय स्थापना, परम्परागत सांस्कृतिक र भेष भुषा भाषालाई जीवन्त राख्ने प्रयास गर्ने ।
ड्ड नमुना पर्यटक गाउँको रुपमा फलफुल वगैचा वा खेतीको विकास गरी पर्यटकलाइ आकर्षित गर्न सकिन्छ । सवै पालीकाले आफ्नो पालिकालाइ कुनै विषयमा नमुना गाउ बनाउन सक्छन । जस्तै कुनै निश्चित फलफूल गाँउ (सुन्नतला, केरा, किवी, अभोकाडो, अंगुर) पशुपालन, जडीबुटी, इत्यादी । इख्इए९ इलभ ख्ष्ििबनभ इलभ एचयमगअत ० को विकास गर्ने ।
ड्ड श्रीनगरमा नमुना फुटवल मैदान, क्रिकेट मैदान वा गल्फ सेन्टर मध्ये संभव हुने खेल मैदानको विकास गर्ने । त्यहाँ भएको खेलको प्रत्यक्ष प्रासरण गर्न बहुराष्ट्रिय कम्पनीसंग अनुबन्ध गर्नसके कसो होला ? 
ड्ड वुटवलको उपयुक्त स्थानबाट श्रीनगर सम्म केवलकार संचालनको संभावना अध्ययन गरी वर्षाका समयमा विना अवरोध आवत जावतलाइ सहज पनि हुने तर्फ पहल गर्ने हो की ?
ड्ड आउने पाहुनाको लागी ढाका, करुवा, देव देवीको मुर्ती, माटाका भाडा सोभेनियर सामानको रुपमा परिचित गराउन सके हस्तकला र ढाका उधोगको विस्तार र विकास अझ बढ्थ्यो की ? 
ड्ड ग्रामीण पर्यटनलाइ बढावा दिने । संभावित क्षेत्र चयन गर्ने र जातजातीको संस्कृति झल्काउने कार्यक्रम, इचनबलष्अ खानेपानीको व्यवस्था, अवलोकन गर्ने व