– केशव राज आचार्य - 
 
नेपाल राज्यको संघीय संरचनामा प्रदेश नं ५ मा पर्ने नेपालकै पर्यटकीय जिल्ला हो पाल्पा । संघीय संसदमा २ जना, प्रदेश सभामा ४ जनाले प्रत्यक्ष प्रतिनिधित्व गर्ने यस जिल्लामा ८ वटा गाउँ कार्यपालिका र २ वटा नगर कार्यपालिका छन् । मगर समुदायको बाहुल्य रहेको यस जिल्लामा विभिन्न जात जातिको बसोबास समेत रहेको छ । बिभिन्न जातजातिका आफ्ना पहिचान तथा मारुनी, सोरठी, कौरा, चुड्का, भजन, वालन, सराय तथा पाल्पा जिल्लाको मौलिक फागु खेल्ने फागु गीत जस्ता साँस्कृतिक हिसाबले धनी रहेको यो जिल्ला शैक्षिक भाषिक र सामाजिक रुपमा पनि अब्बल छ । जिल्लामा रहेको यस खालको पर्यटकीय सम्भावनालाई सफल पार्न र त्यसको भरपुर उपयोग गर्दै हाम्रो ग्रामिण जनजीवनलाई आर्थिकरुपमा सबल बनाउन साँस्कृतिक, भाषिक र भौगोलिक विविधतालाई अधार बनाई विभिन्न स्थान विशेष पहिचान गरी कम्तिमा एक स्थानीय तह एक होमस्टे फरक पहिचान अभियानसहितको हाम स्टे सञ्चालन गर्ने हो भने जिल्लाका स्थानीय उत्पादनको प्रवद्र्धन सहितका त्यहाँको आर्थिक स्तरोन्नती गर्न सकिने सम्भावना प्रशस्त देखिन्छ ।
 
स्थानीय उत्पादन र परिकार ः 
यस जिल्लाका हरेक क्षेत्रमा हुने उत्पादनलाई पहिचान गरी त्यही उत्पादनलाई प्रमुख उत्पादनको रुपमा वृद्धि गर्नका लागि बिशेष खालको कार्यक्रम बनाई, त्यसवाट उत्पादित उपजहरुलाई होम स्टेमा आउने पाहुनाहरुको रोजाईमा त्यहि खपत गर्ने तथा बढि हुने उपज स्थानीय बजारमा समेत बिक्री गर्न सकिन्छ । हरेक होमस्टेमा पाल्नुहुने पाहुनाहरुलाई होमस्टेका आफ्ना करेसाबारीका तरकारी, खेतको धानको भात, बारीको मकैको आटो स्थानीय जातका कुखुरा, खसीका मासुका परिकारबाट स्वागत गर्न सकिन्छ । त्यसै गरी त्यहि उत्पादित प्याज, लसुन, पुदिना, गोलभेडा, रसायनिक पदार्थ रहित अगार्निक रक्सी, जाँड र स्थानीय बारा (बटुक) लगायतका मौलिक भोजनहरु साँझ, बिहान र दिउँसो पाहुनाहरुको रुचि अनुसार पस्किने वातावरण निर्माण गर्न सकिन्छ ।
 
स्थानीय सँस्कृति र प्रस्तुती ः
हमीले अव परिकल्पना गर्ने होम स्टेहरु समुदाय, संस्कृति, भुगोल विशेषका आधारमा पहिचान गरी आ–आफ्नो सँस्कृति झल्किने परम्परागत शैलीहरुको सुक्ष्म अध्ययन तथा आवश्यकता बमोजिम तालीम, प्रशिक्षण समेत प्रदान गरी उपयुक्त पोशाकको समेत ब्यवस्थापन गरी एक होमस्टे एक पहिचान सहित जिल्लाभरको प्रस्तुतीलाई नै विशेष प्रस्तुतीको रुपमा विकास गरी हरेक होम स्टे गाँउमा पालैपालो साँस्कृतिक आदान प्रदान सहितको प्रस्तुती गर्ने परम्पराको समेत विकास गर्न सकिन्छ । यसवाट स्थानीय रुपमा रहेका कला संस्कृतिको माध्यमबाट होम स्टेमा आउने पाहुनहरुलाई स्वच्छ मनोरन्जन त हुन्छ नै त्यसका अलावा हाम्रो मौलिक कला संस्कृतिको विकास, संरक्षण तथा ती संस्कृतिको भावि पुस्तालाई हस्तान्तरण गर्ने एक भरपर्दो माध्यम समेत बन्न सक्दछ । 
 
स्वागत र विदाइको शैली ः
होमस्टेमा आउने सबै पाहुनाहरुलाई स्थानीय उत्पादनबाटै स्वागत गर्ने र त्यस उत्पादनलाई स्वागत विशेष बनाउने र पाहुनाहरु त्यहा बसिञ्जेल उनिहरुको मागमा बाहेक त्यो उत्पादनको परिकारलाई नदोहो¥याउने गर्दा पाहुनाहरुको हाम्रा होम स्टेप्रतिको दृष्टिकोण सकारात्मक हुन्छ र उनिहरुको घुम्ने र बस्ने समय लम्बिन सक्छ । उनिहरुको विदाइलाई पनि त्यत्तिकै भव्य बनाउनका लागि सानै किन नहोस तर एउटा विशेष कार्यक्रमको आयोजना गर्ने र कुनै न कुनै स्थानीय उत्पादनलाई माँयाको चिनो स्वरुप प्रदान गर्ने ताकि ती पाहुनाहरु जो जति समय हामीकहाँ रहनुभयो त्यसको सदा स्मरण रही रहोस र हाम्रा होम स्टेहरुको सकारात्मक प्रचार प्रसार भई उनीहरुका साथीभाई आफन्त तथा उनिहरु नै पुनः हाम्रो होमस्टेमा आउन सदैव प्रेरित होउन, त्यस प्रकारको हाम्रो व्यवस्थापन हुनु पर्दछ ।
श्रम र जीवनयापनको शैली ः
समुदायमा आधारित हाम्रा होमस्टेहरुमा कोही मालिक, कोही कामदार होइनन् सबै मालिकको रुपमा प्रस्तुत हुँदा कसैलाई पनि आत्मग्लानी होइन, आत्मसम्मान र अपनत्व महशुस होस् । त्यस्तै आफ्नो समुदाय विशेषका विभिन्न गतिविधिहरु सञ्चालन गर्दा, त्यसलाई निखार ल्याउन लागी पर्दा, मैले के गरेको छु भन्दापनि मैले राम्रो गर्नु पर्दछ भन्ने भावना जागृत हुनाले जीवन उत्कृष्टतातर्फ लम्किदै जान्छ भने सम्मान सहितको श्रम समेत माझिदै जानेछ ।
 
ब्यवस्थापन र सम्भावना ः 
हाम्रा भई रहेका होम स्टेलाई समेत सहयोग हुने गरी तथा नयाँ सञ्चालन गर्न सकिने सम्भावित होमस्टेहरुलाई समुदाय विशेष, खाना विशेष, स्थान विशेष र संस्कृति विशेषका रुपमा चलाउँदा (उदाहरणको रुपमा ः मगर होम स्टे बौघागुम्हामा तथा तानसेनमा समेत ग्रामिण होम स्टे सञ्चालनमा रहेका छन् भने मुझुङ र हुमिनमा दलित होमस्टे), छेर्लुङ्ग, दैलातुङ्ग, दर्पुक, हुगी, असेर्दी तथा रामपुर जस्ता बोटे बस्तीमा बोटे होम स्टे, घोरबन्दा, हेक्लाङ्ग, चिदिपानीको बुद्दीकोट तथा कुमाल बस्ती भएका अन्य गाँउहरुमा कुमाल होम स्टे जस्ता जाति विशेष होम स्टे सञ्चालन गर्न सकिन्छ । जसका कारण जातीय छुवाछुतको अन्त्य, मानवीयताको विकास, पछाडी पारिएका समुदायको मूल प्रवाहीकरण, परम्परागत पेशाको प्रवद्र्धन र आधुनिकीकरण भई समाज परिवर्तनको सम्बाहक बन्न सकिन्छ । यसमा राजनीतिक दलका कार्यक्रम सरकारी, गैससका कार्यक्रम गर्दा यसले सकारात्मक सन्देश प्रवाह गरी आर्थिक उपार्जन समेत राम्रो हुन जान्छ ।
 
कसरी गर्ने विभाजन ?
जातीय रुपमा
क) मगर होमस्टे
ख) कुमाल होमस्टे
ग) बोटे होमस्टे
घ) दलित होमस्टे
ङ) ब्राम्हण÷क्षेत्री होमस्टे
च) नेवार होमस्टे 
छ) संयुक्त ९ःष्ह ऋयmmगलष्तथ०
 
त्यसैगरी सांस्कृतिक महत्वको आधारमा, खानाको परिकारको आधारमा, प्राकृतिक महत्वको आधारमा, पुरातात्विक महत्व भएका स्थानका आधारमा, ऐतिहासिक गढी, मठ÷मन्दिर पुल÷पुलेसाको महत्वको आधारमा, आर्थिक मेला महोत्सव लाग्ने स्थान विशेषको आधारमा समेत होम स्टेको स्थापना र सञ्चालन गर्न सकिन्छ ।
 
भौगोलिक अवस्थाः
भौगोलिक रुपमा पनि समुद्री सतहदेखी १००० फिट सम्म ०.३५,  १०००–३३०० फिट ५१.३५ र ३३००–६६०० फिट ४७.३५ भूभागमा विभक्त रहेको  पाईन्छ । यस जिल्लामा बाह्र महिना नै न गर्मी ज्यादा, न जाडोको अवस्था रहने र जाडो महिनामा समेत घाम लाग्ने पारिलो, पोषिलो मौसम हुने हुँदा हरेक समय न्यानो, शीतल र सौम्य रहन्छ । जसले गर्दा वैशाखदेखि चैत्रसम्मनै सबै स्थानमा पर्यटकीय प्रवद्र्धनका क्रियाकलापहरु सञ्चालन गर्न र आउनुभएका पाहुनाहरुलाई खुशी र सुखी वातावरणमा राख्न सकिन्छ । सिद्र्धाथ राजमार्गको सिद्धबाबा खण्ड बाहेक अन्य स्थानमा बाढी पहिरोको जोखिम समेत नरहको यस जिल्लामा त्यसको बैकल्पिक मार्गलाई समेत ध्यान दिंदै हाम्रा होम स्टेहरुको प्रवद्र्धन गर्न सबै स्थानीय तह, जिल्लाका पर्यटन सम्बद्ध संघ, संस्थाहरु, प्रवुद्ध समुदाय, व्यक्ति र पाल्पाको समग्र विकास होस् भन्ने चाहना राख्ने तपाई हामी सम्पूर्ण पाल्पालीको आ–आफ्नो योगदानको उत्तिकै महत्व रहन्छ र पाल्पाको विकासमा होम स्टे पर्यटन प्रवद्र्धनबाट पनि धेरै सम्भावना छ भन्न सकिन्छ ।