सेमन्तमणि खराल - 
 
नेपाल, भारत र चिनलाई जोड्ने त्रिदेशीय व्यापारिक पारवहन राजमार्गको रुपमा मुस्ताङको कोरलाबाट बेनी, कुश्मा, मिर्मी, पाल्पा हुँदै रुपन्देहीको बेलहिया (सुनौली) जोड्ने लक्ष्य सहित नेपाल सरकारले उत्तर–दक्षिण करिडोरको परिकल्पना गरी २०३९ सालदेखी नै ट्रयाक खोल्ने प्रयास गरिएको थियो । त्यसको लागि केही खण्डमा उत्तर दक्षिण राजमार्गको काम अगाडि बढिसकेको अवस्था थियो । यसै शिलसिलामा सरकारले २०५७ सालमा उक्त आयोजनालाई तेश्रो राष्ट्रिय प्राथमिकता राख्दै कालीगण्डकीको बाँकी तटीय क्षेत्रलाई समेत समेट्दै मुस्ताङ्को कोरला देखी नवलपरासीको गैडाकोटसम्म कालिगण्डकी करिडोरको नयाँ परियोजना अगाडि सारेको थियो । गुल्मीको हर्मिचौर देखि कालीगण्डकी किनारैकिनार रुद्रबेणी, पाल्पाको रिंडी, रानीघाट हुदै राम्दी सिद्धार्थ राजमार्ग तथा पिपलडाँडा, हुँगी, हेक्लाङ्ग, रामपुर हुदै नवलपरासीतर्फ उक्त योजनाको रुपरेखाले पूर्णता पाएको हो । राष्ट्रिय गौरवको आयोजनाको यस करिडोरको कामलाई ब्यवस्थित गर्न करिडोरको परियोजना कार्यालय बेनी–जोमसोम–कोरला खण्डको लागि बाग्लुङ्गमा र गैडाकोट–राम्दी–मालढुङ्गाको लागि पाल्पा बर्तुङ्गमा २०६६ सालदेखी छुट्टाछुट्टै कार्यालय स्थापना भई सोही कार्यालयहरुको मातहतमा एवं यसको काम भैरहेकोछ । कतिपय स्थानको ट्रयाक खोल्ने कार्य नेपाली सेनालाई जिम्मा लगाएर काम अगाडि बढिरहेको छ ।
मुस्ताङ्गको कोरला देखि गैंडाकोटसम्म करिव ४३५ कि.मि. दुरीमा रहने यो कालीगण्डकी करिडोरले पवित्र कालीगण्डकी र त्रिशुली नदिको संगम देवघाट, राम्दी, रानीघाट, रुरुक्षेत्र, रुद्रबेणी, पर्वतको सेतीवेणी, बागलुङ् कालिका, कागबेनी, जोमसोम, गलेश्वरधाम र मुक्तिनाथजस्ता धार्मिक स्थललाई नजिक बनाउने छ । त्रिदेशीय व्यापारसँगै धार्मिक पर्यटन प्रवद्र्धनमा समेत महत्व राख्ने आयोजनाको रुपमा अगाडि बढेको यस कालीगण्डकी करिडोरले २ प्रदेश, तीन अञ्चल एवं मुस्ताङ्, बाग्लुङ्, पर्वत, गुल्मी, पाल्पा र नवलपरासी गरी ६ जिल्लाका लाखांै जनतालाई सिधा सडक सञ्जालमा जोड्ने छ । यो करिडोर कालीगण्डकी तटीय क्षेत्र हुँदै निर्माण भइरहेकाले त्यस क्षेत्रका कृषिजन्य उत्पादन, उद्योग स्थापना तथा स्थानीय स्तरमा रोजगारीको सिर्जनामा समेत यसले बिशेष महत्व राख्न सक्दछ । ‘कालिगण्डकी करिडोर’ कालीगण्डकी किनारमा पर्ने बेंसीका कृषियोग्य फाँटको कृषि उत्पादन, जडिबुटी, वनजन्य सामाग्रीसँगै मुस्ताङको स्याउ र भेडा–च्यांग्रा समेत भारत निकासीमा सहज हुनेछ भने चीन तथा भारतवाट नेपालमा आयात गर्नुपर्ने सामाग्रीहरुको उपलब्धतामा समेत सहज हुनेछ । यसका साथै कालीगण्डकीको खोंचमा रहेका दुरदराजमा परिरहेका बिकट गाँउ बस्तीहरुका लागि यो बरदाननै सावित हुनेछ । हिन्दुहरूको पवित्र तीर्थस्थल मुक्तिनाथ धाम र बौद्ध धर्मावलम्बीको धार्मिक स्थल लुम्बिनीलाई पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र सिद्धार्थ राजमार्ग मार्फत सीधा जोड्ने एउटै मार्ग हुनु यसको एउटा महत्वपूर्ण पक्ष हो भने अर्कोतर्फ मनोरम अन्नपूर्ण हिमश्रृङ्खलाका अतिरिक्त हिमालको काखबाट बग्दै आएको शालीग्रामधारी कालीगण्डकीको तटीय क्षेत्रको प्राकृतिक सौन्दर्यता, र नेपालका चार धाम मध्येका मुक्तिक्षेत्र तथा रुरुक्षेत्र लगायतका धार्मिक सम्पदा, उत्पादनयोग्य उर्वरा फाँटहरु, त्यहा रहेका जात जनजातीहरुका कला, संस्कति, साँस्कृतिक पर्यटनको प्रचार–प्रसार र विकासमा समेत करिडोरले बिशेष महत्व राख्नेछ ।
यस कालीगण्डकी करिडोरका माध्यमबाट त्यस क्षेत्रका बिभिन्न बाईपास रोडको उपलब्धता हुनेछ । छोटो सडकबाट आफ्नो आवश्यकता अनुसारको गन्तब्यतर्फ यात्रा गर्ने अवसर प्राप्त हुनेछ । यसबाट यात्राको समयको बचत हुनेछ, साथै सार्वजनिक यातायातका साधनको भाडा समेत कम हुनेछ भने दैनिक उपभोग्य सामग्रीहरुकको ढुवानी लागत समेत कम पर्ने हुदाँ सामान पनि सस्तोमा आउनेछ । यसका अतिरिक्त स्थानीयस्तरमा उत्पादित वस्तु बाह्य बजारमा सिधै पठाउन सहज हुनेछ र कृषकहरुले आफ्नो उत्पादनको उपयुक्त मुल्य प्राप्त गर्नेछन् । 
कालिगण्डकी करिडोर अन्तर्गत पाल्पाको पश्चिम रिंडी देखी पुर्वमा रकुवाखोला (नवलपरासीको डेढगाँउ) छेउसम्मको करिव ८८ कि.मि. सडकखण्ड पाल्पा जिल्लामा पर्दछ । उक्त दुरीमा रहेर समेटिने कालीगण्डकी करिडोरको माध्यमबाट उक्त क्षेत्रका पाल्पालीहरुले समुदायका लागि लिन सक्ने फाईदा तथा सम्भावनाहरु निम्न हुन सक्दछन् । 
 
क) सडक सञ्जालको सहभागिता 
पाल्पाको पश्चिम रिडी देखी पुर्वमा डमराफाँट रकुवाखोलासम्मका गाँउहरुलाई सदरमुकाम तानसेनसंग जोड्ने स्थानीय सडक सञ्जाल कालीगण्डकी करिडोरमा समेत जोडिनेछन् । जस अन्र्तगत तानसेन–ख्याहा–सर्देवा–रिडी खण्ड, तानसेन–जोर्ते सडक खण्ड, तानसेन–बौघागुम्हा–छेर्लुङ्ग खण्ड, तानसेन–बतासे–रानीघाट सडक खण्ड, तानसेन–बराङ्गदी–टाँकीचौर खण्ड, तानसेन–दैलातुङ्ग खण्ड, तानसेन–यम्घा–मन्द्रान खण्ड, तानसेन–दर्पुक खण्ड, तानसेन–दर्लमडाँडा–राम्दी खण्ड, तानसेन–नायर–मलेङ्ग–राम्दी खण्ड, सिद्धार्थ राजमार्ग–पिपलडाँडा खण्ड, खैरेनी–झडेवा–ताँहु–असेर्दी खण्ड, दुम्किबास–ज्यामिरे–रिङनेरह–वीरकोट–गेझा बर्दले खण्ड, दुम्किबास–रहबास–जल्पा–रिङ्नेरह–हेक्लाङ्ग–नौगाउ फाँट सडक खण्ड, आर्यभञ्ज्याङ–रामपुर खण्ड, आरुङ्खोला–मित्याल–रामपुर खण्ड, झ्यालबास–झिरुवास–पन्थे–केलादी खण्ड, आरुङ्खोला–मित्याल–रामपुर खण्ड, झ्यालबास–सहलकोट–बाकामलाङ्–डमरा फाँट खण्ड लगायतका स्थानीय तथा राष्ट्रिय सडक सञ्जालहरुका माध्यमबाट स्थानीय भेगका हजारौं पाल्पालीहरु कालीगण्डकी करिडोरमा जोडिनेछन् र यसबाट प्रत्यक्ष लाभान्वित समेत हुनेछन् । 
 
ख) कृषि उत्पादन तथा उपभोगमा सहकार्य
कालीगण्डकी करिडोरका माध्यमबाट पाल्पाको रिंडीदेखि रकुवाखोला सम्मका अर्गली, अर्तुङ्गा, छेर्लुङ्, दैलातुङ्ग, मन्द्रान, दर्पुक, असेर्दी, हँुगी, हेक्लाङ्ग, नौगाउँ (च्याङ्लिङ्ग) फाँट, रामपुर, डमरा फाँट तथा कालीगण्डकीका पुल मार्फत जोडिने कालीगण्डकी पारिका छिमेकी जिल्ला स्याङ्गजाका कृषियोग्य भुमीमा समेत कृषिलाई आधुनीकिकरण गर्दै सामुहिक खेती, रोग÷किरा, बन्यजन्तु नियन्त्रण गरी उत्पादकत्व बृद्धी गर्न र उत्पादित उपजको उपभोगका लागि नजिकका गाँउहरुमा सहकार्य समेत गर्न सकिन्छ । उक्त क्षेत्र कालिगण्डकी नदिको तटिय क्षेत्र भएकोले प्राय गर्मी मौसम नै हुने र उत्तरतर्फ फर्केको पाखोहरुका कारण सिम्सार तथा ओसिलो क्षेत्र समेत भएकोले मौसमी, बेमौसमी तरकारीका साथै पाल्पाको स्थानीय जातको मौलिक माल्भोग केरा, कागती, अमिलो (निबुवा) लिची, आँप, कटहर, भुईकटहर, माहुरी पालन एवं पशुपालनका माध्यमबाट मह, दुध, मासु तथा अण्डाको उत्पादन, संकलन समेत गरी सडकका माध्यमबाट नजिकका हाट–बजार, शहर तथा राजधानीका पाँच तारे होटलसम्म पनि सिधा सम्पर्क गरी बिक्री वितरण गर्न सकिन्छ ।  
 
ग) होमस्टे, रिसोर्ट ब्यबसायका साथै पर्यटन प्रवद्र्धन
पाल्पाका धेरै प्राकृतीक, धार्मीक, ऐतिहासीक, साँस्कृतिक हिसावले महत्वपूर्ण स्थानहरु रामपुर–तालपोखरा, रम्भादेवी, राम्दी सिद्धबाबा, दर्लम महाकाली, महामृतुन्जय शिवासन, १०८ शिवलिङ्ग एवं पिपल बृक्षहरु सहितको बराङ्गदी सिद्धबाबा धाम, दैलातुङ्ग फाँटको बि.सं. १८६१ मा बनेको सेनकालीन अनपूर्णेश्वर महादेवको मन्दिर, हात्ती ढुङ्गा, बैकुण्ठे छहरा, नेपालको ताजमलहको रुपमा परिचित रानीमहल, और्व ऋषिको तपोभूमी अर्गली, रुरुक्षेत्र समेत कालीगण्डकी करिडोरको नजिकका क्षेत्रमा पर्ने भएकोले ति प्राकृतीक, ऐतिहासीक र धार्मीक क्षेत्रको प्रवद्र्धन हुन जान्छ । सडकका माध्यमबाट मानिसहरुको आवतजावतको मात्रा बढ्दै जाँदा कालीगण्डकी करिडोर क्षेत्रमा बजारकोरुपमा विकासोन्मुख अर्गली, छेर्लुङ्ग, दैलातुङ्ग, मन्द्रान, दर्पुक, अर्सेदी, हुँगी, रामटार, हेक्लाङ्ग, केलादी, डमरा फाँट लगायतका स्थानहरुमा मगर, बोटे जस्ता जनजातीहरुको तथा बिशेष पहिचान सहितका आवासीय होमस्टे तथा रिसोर्टहरु सञ्चालन गरी, स्थानीय रोजगारी सिर्जना गर्दै स्थानीय उत्पादनको उपभोग, आर्थिकोपार्जन सहितको पर्यटन प्रवद्र्धन समेत गर्न सकिन्छ । बुद्ध जन्मस्थल लुम्विनी, रुरुक्षेत्र तथा मुक्तिक्षेत्रको भ्रमणका लागि आउने पर्यटकहरुको आकर्षणका लागि नयाँ, नयाँ एकमुष्ट प्याकेजका कार्यक्रमहरु ल्याउन सके कालीगण्डकी करिडोरबाट अझै बढी फाईदा लिन सकिने सम्भावना रहन्छ । 
 
घ) यात्रा, उत्पादन तथा आपुर्तिमा सहजता
मुस्ताङ्ग तथा बाग्लुङ्ग देखी बुटवल, सुनौली वा नारायणगढसम्मको यात्राका लागि कालीगण्डकी करिडोरलाई उपयोग गर्ने हो भने पोखरा हुदै आउने बुटवल वा नारायणगढसम्मको कुल सडकभन्दा कालीगण्डकी करिडोरबाट उक्त स्थानहरुका लागि यात्रा गर्दा करिव ७० कि.मि भन्दा कम दुरी हुन जान्छ भन्ने अनुमान छ । यसबाट समयको हिसावले करिब ४÷५ घण्टा बाटोको समय बचत तथा यात्राको गाडी भाडा एवं निजी सवारी साधनहरुको ईन्धन समेत बचत हुन जान्छ । कालीगण्डकी करिडोरका बासिन्दाहरुले उत्पादन गरेका कृषि उपजहरुको बाह्य बजारका ब्यापारीहरु समेत त्यहाका खेत, बारिमै आएर खरिद गर्न सक्नुका साथै आफै बिक्री गर्नपनि सहज हुनेहुदाँ राम्रो बजार भाउ पाउन सकिन्छ । त्यसका अतिरिक्त चीन तथा भारतवाट आपुर्तिहुने खाद्यान्न, लत्ताकपडा तथा अन्य सामाग्रीहरुको ढुवानी खर्चको लागत समेत घट्ने हुदाँ सामानको मुल्य पनि कम पर्ने भएकोले ब्यापारी तथा आम उपभोक्ता समेत प्रत्यक्षरुपमा लाभान्वित हुन सक्दछन् ।
 
ङ) उद्योग धन्दा, विद्यालय, अस्पताल स्थापना एवं स्थानीय रोजगारी
सडक सञ्जालका माध्यमबाट कच्चा पदार्थको आपुर्ती तथा उत्पादित सामाग्रीको बिक्री वितरण गर्न सहज हुने र बजारले समेट्ने क्षेत्र समेत फराकिलो हुने हुदाँ बालुवा, गिट्टी तथा नदिजन्य कच्चा पदार्थको उपलब्धता समेत सहजरुपबाट हुने हुदाँ कालीगण्डकी करिडोरका उद्योग स्थापना गर्न सम्भावित क्षेत्रहरुमा ठूला, मझौला तथा साना खालका उद्योग स्थापना गर्न सकिन्छ । त्यसै गरी अत्यावश्यकीय सुबिधा सहितका अस्पतालहरुको स्थापना गर्न सकिन्छ । हालका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्दै आवश्यकता अनुसार थप विद्यालयहरु समेत स्थापना गर्न सकिन्छ । शिक्षा तथा स्वास्थ्य उपचारको उचित प्रवन्ध हुने र यी माध्यमहरुबाट रोजगारी सिर्जना भएमा युवा विदेशिने तथा छोराछोरी पढाउनकालागि सहर बस्नु पर्ने बाध्यता हट्दै जाने र युवाहरु आफ्नै गाँउमा बस्न सक्ने अर्थात युवा पिढीलाई आफ्नै पिंडिमा बस्न सक्ने वातावरण बन्ने हुदा बाँझिएका हाम्रा खेतबारी क्रमशः हराभरा हुदै जान थाल्नेछन् ।  
 
च) ¥याफ्टिङ् (जलयात्रा) को सम्भावना
कालीगण्डकी ए जलविद्युत परियोजना सुरु हुनु अगाडिसम्म कालीगण्डकीमा जलयात्राका लागि बार्षिक हजारौं पर्यटकहरु आउने गर्दथे । स्याङ्जाको मिर्मीबाट बेलटारीमा कालिगण्डकीको पानी डाईभर्सन गरिएपछि यस क्षेत्रमा उक्त ब्यवसाय पूर्णरुपमा ठप्प नै भएकोछ । यद्यपी त्यसलाई पुनः सञ्चालन गराउनका लागि बिभिन्न कार्यक्रमहरुको आयोजना गरी राम्दीमा कालीगण्डकी महोत्सव लगायतका कार्यक्रम मार्फत निरन्तरता दिने प्रयास गरिदै आएको छ तर यसले अपेक्षीत सफलता पाउन सकिरहेको पाइदैन । यदि कालीगण्डकी करिडोरको निर्माण कार्य सम्पन भई नियमितिरुपमा यातायातका साधनहरु सुचारु हुने हो भने रिंडी देखी दैलातुङ्गसम्म तथा राम्दी देखी देवघाटसम्मको छोटो दुरीको ¥याफ्टिङ् (जलयात्रा) को सम्भावना समेत रहेकोछ ।
तसर्थ गरिबी निवारण, दिगो आर्थिक विकास र विकेन्द्रीकरणमा सहयोग पु¥याउने अवधारणा सहित सुरु भएको यो कालीगण्डकी करिडोरको अन्यत्र ट्रयाक खुलीसकेको र बिस्तारको काम समेत सुरु भैसकेको छ । तर बिडम्बना हाम्रै पाल्पा खण्ड अन्र्तगत रानीघाट–छेर्लुङ्ग खण्ड तथा यम्घा–मन्द्रान खण्डको ट्रयाक खोल्ने काम अझै बाँकी रहँदा समग्र करिडोरको ट्रयाक खोल्ने कार्यले अझै पूर्णता पाउँन सकेको छैन । यसका लागि यथासिघ्र उक्त ट्रयाक खोल्ने र सडक सुधार एवं विस्तारको कामलाई तिब्रता दिन आवश्यक देखिएको छ । साँच्चै भन्ने हो भने पाल्पा खण्डमा हुन नसकेको कामका कारण समग्र कालीगण्डकी करिडोरका लाभग्राहीहरुले समेत यसबाट प्राप्त हुन सक्ने सुबिधा उपभोग गर्न ढिलाई भैरहेको छ । तसर्थ यसको प्रतिफल प्राप्तिका लागि हामी सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो योगदान पु¥याउन जरुरी छ ।
 
(यस लेखमा उल्लेखित तथ्यांकहरु कालीगण्डकी करिडोर परियोजना कार्यालय पाल्पाबाट जानकारी लिईएको हो ।)
 
दैलातुङ्ग, पाल्पा
हाल बानेश्वर, काठमाडौं ।